Logo

दिल्लीमा दिल खोलेर बोले दाहाल



काठमाडौं, १९ जेठ । भारतको चार दिने भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भ्रमण सफल र ऐतिहासिक भएको दाबी गरेका छन् । भ्रमणको दोस्रो दिन हिजो (बिहीबार) भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटवार्ता र महत्वपूर्ण विभिन्न सात सम्झौता गरेका दाहालले त्यसको भोलिपल्ट आज (शुक्रबार) आफू बसेको होटेलमा भ्रमणमा सहभागी नेपालका सम्पादकहरुसँगको अन्तरक्रियामा आफ्नो भ्रमण ऐतिहासिक भएको र अब मोदीले भनेजस्तो नेपाल–भारत सम्बन्ध हिमालजस्तै उचाईंमा पुग्ने र सुपरहिट हुने विश्वास दिलाए ।

दाहालले सम्पादकहरुसँगको अन्तरक्रियामा राखेको विचार जस्तोको त्यस्तै :

आज यो इण्डियन मिडियाले मैले चौथोपटक (म प्रधानमन्त्रीको रुपमा) भारत चौथोपकट आएको हुँ । गएका तीन वटा भ्रमण, यद्धपी मेरो दोस्रो भिजिट स्टेट भिजिट थियो । म त्यतिवेला राष्ट्रपति भवनमै बसेको थिएँ । त्यतिवेला पनि, अहिलेजति मिडिया कभरेज छ इण्डियाको, मूलधारका मिडियामा महत्वका साथ भ्रमणबारे कभरेज गरिएको छ । त्यस्तो कहिल्यैपनि हुँदैन थियो । कुनै प्रधानमन्त्रीको सन्दर्भमा हुँदैन थियो । त्यसैले अहिले इण्डियाले अलिक बढि नै महत्व दिएको त प्रष्टै देखिएको छ । अब आउटकम के भयो भन्दा चाहीँ–हामीले हेर्दा पहिलेदेखि सबभन्दा बढि जोड दिएको भनेको–विद्युत व्यापार नै हो । लङटर्म पावर ट्रेड हुन्छ कि हँदैन भन्ने हो, नेपालको साँच्चै भन्ने हो भने आर्थिक क्षेत्रमा समृद्धिको एउटा दिशामा अगाडि जाने भनेको हामीसँग भएको, जे पोटेन्सियल छ । त्यसको सही मार्केटिङ गर्न सक्दाखेरि नै हुने कुरा हो । त्यो भनेको चाहीँ बास्तवमा पावर ट्रेड नै थियो । समस्या पनि त्यहीँ थियो । अहिले ब्रेक–थ्रु भयो भनेको त्यसमा नै हो एउटा । अर्को, बंगलादेश, भारत र नेपालको बीचमा अलग–अलग समझदारी भैसक्यो । बंगलादेश र नेपालको बीचमा, बंगलादेश र भारत, र भारत र नेपालका बीचमा अब त्रि–देशीयस्तरमा यो सहमति भएको छ । र, त्यो पनि ठूलो कुरा भन्ने कुरा प्रष्टै महशुस गर्नसकिने कुरा हो । अब एयर–रुटको कुरा हाम्रो लागि अलिक महत्वको थियो । एयर रुटमा लो–अल्टिच्युडको नेपालगञ्जमा दिने त सहमति भयो नै, तर हामीले हाई–अल्टिच्युड नै चाहिन्छ (महेन्द्रनगरतिरबाट चाहीँ) हुँदाखेरि सबभन्दा राम्रो हुन्छ भन्ने करा राखियाछ । उनीहरुले त्यसमा हामी पोजिटिभ छौं भनेको हुनाले त्यतापट्टि पनि एउटा सानो ब्रेक–थ्रु नै भयो । सिमानाको समस्या अर्को चर्को हाम्रो लागि चाहीँ कुरा थियो । अब हिचो चाहीँ प्रधानमन्त्री मोदी र मेरो बीचमा छलफल भैसकेपछि उहाँले अब सधैंका लागि सिमानाको समस्या हल गर्नुपर्छ । गम्भीर रुपले लागौं भन्नुभएको थियो मलाई । उहाँले यो कुरा संयुक्त प्रेस मिटमा पनि बोल्नुभयो–सिमाको समस्या हल गरिन्छ भनेर । मलाई चाहीँ त कुरा गर्दा विश्वास नै दिलाउनुभएको थियो की अब छलफल सुरु गर्ने भनेर । आँफैले बोलेर, अहिलेसम्म मोदीजीले सिमाको समस्या हल गर्ने कुरा कहिल्यैपनि आफ्नो मुखबाट भन्नुभएको थिएन । यो पनि एउटा योपटकको भिजिटको एउटा ब्रेक–थ्रु नै मान्न सकिन्छजस्तो लागेको छ मलाई । त्यसको साथै चेकपोष्ट, चेकप्वाईन्टहरु, रेल इत्यादि भन्ने पाईपलाईन भन्ने यी सबै पनि पोजिटिभ नै छन् । यसले पनि नेपालको आर्थिक गतिविधिलाई अगाडि बढाउन ठूलो मद्दत गर्छ भन्ने नै लागेको छ। समग्रमा भ्रमण सबैको आँखामा त परेकै थियो, फेरि हाम्रो नेपालमा एउटा कुरा अलिक बढि नेगेटिभतिर हामी जाने भईयो क्या ।

अस्ति बेलुका र हिजो बिहानबाट विस्तारै वातावरण सकारात्मक बन्दै गयो । र, चाहीँ हैदरावाद हाउसको रिजल्ट आयो, एमओयू भयो, जुन हस्ताक्षर भयो । ती सबैले चाहीँ यो भिजिट–अब मेरो बुझाईमा त धेरै नै महत्वपूर्ण भयो । अहिले नै मेरो मुखबाट धेरैनै भन्दा राम्रो हुँदैन्जस्तो लाग्छ । धेरै राम्रोको सुरुवात भयो । ब्रेक–थ्रु त्यसअर्थमा भयो । अहिले नै सबै चिज भइहाल्यो भनेर त होइन । तर, धेरै ठूलो कुराको सुरुवात यो भिजिटबाट भयो ।

पत्रकारले मोदीजीले त्यहाँनिर (तपाईँसँग एक्लाएक्लै भेटपछि हिटबाट हामी अब सुपरहिटतर्फ जाने एउटा निर्णय गर्यौं भन्नुभयो) त्यहाँ के कुरा थियो ? भन्ने प्रश्न थियो । जवाफमा दाहालले भने–एउटा कुरा त के थियो भने बोर्डर इस्युको बारेमा जसरी कुरा गर्यौं नि हामीले । मैले मष्ट कन्सट्रक्टिभ्ली विषयलाई प्रस्तुत गर्दै यसलाई ‘वन्स एण्ड फर अल’ हल गर्नेबारे सोच्नुपर्छ । यो विषय थाँती राखेर नेपाल–भारत सम्बन्धमा ब्रेक–थ्रु हुनैसक्दैन भन्ने कुरा जसरी भनेको थिएँ, त्यसबाट उहाँ चाहीँ अलिकति पोजेटिभ बन्दै गएको मैले फिल गरेको थिएँ क्या । अर्को कुरा, वाटर रिसोर्स र विद्युत व्यापार नै हो । उहाँको अलिक बढि ध्यान चाहीँ क्लिन इनर्जीबाट हाईड्रोजन इनर्जीतिर जाँदैछ नि, त्यसको निम्ति एकदम छिटो विकास गर्नुपर्छ भन्ने उहाँको बढि इन्ट्रेष्ट थियो । सायद, त्यही कारणले उहाँले भन्नुभयो कि नेपाल–भारत सम्बन्ध हिमालयको हाइटमा जान्छ भनेर । त्यसकारण खुलेर कुरा गरियो । अहिले यहाँ चाहीँ नभनौं । पछि उता गएर कुरा गरौंला । खुलेर कुरा भयो । हिजो उहाँसँग मेरो तीन चोटी वान–टु–वान कुरा भयो, त्यो छोटो पिरिएडमा । पहिला झण्डै २०–२५ मिनेट । पछि ५÷७ मिनेट, ५÷७ मिनेट गरेर वान टु वान मिटिंग जरी भयो, त्यसले परिस्थितिलाई धेरै नै सहज बनार्यदियो । र, उहाँले सायद त्यही कुराकानीबाट कन्भिन्स भएर दुई देशबीचको सम्बन्ध अब हिमालयको उचार्इँ र सुपरहिट हुने भन्नुभयो । त्यसले उहाँलाई कन्फिडेन्स बनेको देख्छु मैले । हामीले पनि अहिले नेपालको राष्ट्रिय स्वार्थको निम्ति, र दुई देशबीचको सम्बन्ध बलियो बनाउने र आर्थिक गतिविधिलाई चलायमान बनाउने ऐतिहासिक आवश्यकत्ता छ । हामीले त्यहाँ ब्रेक–थ्रु नगरिकन उहाँ ब्रेक–थ्रु हुँदैन् । त्यसैले धेरै मेहनत गरियो । म त अब एकचोटी त बिग्रिन्छ क्यारे, बिगार्छन क्यारे भन्ने चिन्ता भएकै थियो मलाई । तपाईँहरुले हेर्नुभयो भने एम्बेसीमा मेरो अनुहारमा कुनै उ थिएन क्या । पूरै दबाब भएकोजस्तो थियो । तर, यसमा चाहीँ मोदीजीले नै बढि इनिसिएटिभ लिएको देख्छु क्या मैले । वातावरण सहज बनाउन उहाँले बढि इनिसिएटिभ लिनुभयो । त्यो वान टु वान मिटिङबाट अलिकति परिस्थिति सम्हालिँदै आयो ।

पत्रकार ऋषि धमलाले ‘नेपालका धेरै प्रधानमन्त्रीले भारतको भ्रमण गर्नुभएको छ । तपाईँले पनि चारपटक भारत भ्रमण गर्नुभयो । यहाँको बुझाईमा पछिल्ला चारपटकका भ्रमणमा सबभन्दा राम्रो र फलदायी भ्रमण चाहीँ यसपटक भयो भन्नुभएको हो भनेर राखेको जिज्ञासामा प्रधानमन्त्री दाहालले आफ्नो यसपटकको भ्रमण ऐतिहासिक नै भएको जिकिर गरे ।

दाहालले थपे–‘अब अहिले धेरै किसिमले धेरै सहमति पनि भयो । एउटा ब्रेक–थ्रु नै भन्छु मैले । एउटा त लङटर्म पावर ट्रेड एग्रिमेन्ट, धेरै वर्षदेखि हाम्रो चाहना थियो । नेपालीहरुको चाहना थियो । त्यो अहिले पूरा भएको छ । बंगलादेश, भारत र नेपालको बीचमा पावर ट्रेडबारे एग्रिमेन्ट हुनुपर्छ भन्ने थियो । त्यसैले त्यो भएको छ । एयर रुट हामीलाई अर्को चाहिन्छ भन्ने थियो । हामीले भनेजस्तोगरि इनिसिएटिभ सुरु भयो नि अब । अर्को पनि एयर रुट अब हामीले पाउने भयौं । सिमानाका समस्या हल गर्नुपर्छ भनेर हामीले त मात्रै भन्ने गरेका थियौं, अहिले भारतले पनि भन्यो नि । यी यस्ता कुरा हुन, जसले नेपालको आर्थिक पनि राजनीतिक ल्याण्डस्केपमा धेरै परसम्म महत्व राख्छन् । त्यसकारण यो भ्रमण नै मेरो लागि अहिलेसम्मको ऐतिहासिक मानेको छु । लाष्टमा पुग्दा यो हिस्टोरिकल भयो ।

हाईड्रोजन इनर्जीमा नेपाल र भारतबीच नयाँ समझदारी बन्नसक्छ । हाईड्रोजन इनर्जीको लागि क्लिन–इनर्जी चाहीँ धेरै महत्वपूर्ण एलिमेन्ट रहेछ क्या । त्यसो भएको हुनाले हामीसँग क्लिन–इनर्जीको प्रचुरता भएको हुनाले हाईडा«ेजन एनर्जीमा ट्रान्सफर्म गर्न चाहिने भएकोले हाम्रो दुई देशबीचको सहकार्य त्यसमा दुवैले महशुस गरेको ठानेको छु ।

१० हजार मेगावाट विद्युत उत्पादन गर्न सकिन्छ । एउटा कुरा के हो भने नेपालमा हाईड्रो सेक्टरमा ठूलो लगानी गर्न इन्टरनेश्नल कम्पनीहरु डराउने कारण, इन्भेष्ट गर्न डराउने कारण भनेको यहाँ मार्केट छैन । नेपालमा त्यो उत्पादन सबै खपत गर्नसक्ने स्थिति हुन्नँ । भारत लिन तयार छैन भनेपछि मानिसहरु त्यहाँ लगानी गर्न डराउनुको मुख्य कारण त्यो हो । अब यो हिजोको घोषणाले अब लगानीकर्ताहरुलाई डर हरायो । अब नेपालमा दश हजार मेगावाट विद्युत १० वर्षमा भारत जाने भयो । ठूलो स्केलमा नेपालमा लगानी गर्न मानिसहरु उत्साही हुन्छन् । र, आउँछन् । त्यस अर्थमा यसको महत्व अलिक रणनीतिक नै छ । अहिले नै हामीसँग ३७०० सम्म मेगावाट पुग्ने नै छ । दश हजार नै यता बेचिन्छ भन्ने होईन । सकेसम्म देशभित्रै खपत बढाउने भन्ने हो ।

मैले द्धिपक्षीय, प्रतिनिधिमण्डलस्तरीय र एक्लाएक्लै भेटवार्तामा जोड गरेको विषय भनेको नै ग्लोबल टेण्डरबाट चाहीँ कसैले ठेक्का प्राप्त गर्यो भने त्यसको विजुली लिदिनँ भन्ने कुरा त विल्कुल मिलेन । भनेपछि हिजोबाट त्यो ढोका खुल्यो । होइन, अब लगानी नै कसैले गरेकोमा उहाँहरुको रिजर्भेशन अहिले छ । सिधै नै बुझिएको कुरा छ । तर, ग्लोबल टेण्डरबाट प्राप्त गरेको कुरा छ, अब विजुली नलिने भन्ने कुरा सान्दर्भिक होइन ।
पत्रकार धमलाले फेरि सिमा समाधान दिर्घकालिन रुपमा समाधानको गर्नको लागि कसरी छलफल भयो भन्ने जिज्ञासा राखेका थिए । जवाफमा प्रधानमन्त्री दाहालले भने–‘सिमाको बारेमा आज भारतका मिडियामा पनि कलापानीको चर्चा भएको कुरा र त्यसमा समाधान गर्नुपर्छ भन्ने स्पिरिटमा अघि बढनुपर्छ भन्ने कुरा त लेखेकै छन् । हामीले छलफल गर्दा विभिन्न विकल्प । एउटा बंगलादेश मोडेल भन्ने गरिन्छ । बंगलादेश र भारतका बीचमा लामो (धेरै वर्ष) देखिको समस्या थियो, तर उनीहरुले हल गरे । एउटा त्यो मोडेल हुनसक्छ । अब अर्को चाहीँ हाम्रो बंगलादेशसँग सिधै जाने बाटो हामीलाई चाहिएको छ भन्ने कुरा नेपालमा उहिल्यैदेखिको आवाज उठिराखेको कुरा हो । हाम्रो आवश्यकत्ता पनि हो । चाहना पनि हो । त्यसमा कहीँ म्यानेज गर्नसक्ने हो भने हल हुनसक्छ । नेपालमा हाम्रो विज्ञहरुको सुझाव त्यो आउने गरेको नै छ । त्यो पनि हुनसक्छ । अथवा अर्को केही पनि हुनसक्छ । त्यसकारण विकल्पबारे पनि सोच्न सुरु भयो । विकल्पबारे सोच्न सुरु हुनुपनि ब्रेक–थ्रु हो । त्यसै भएर मोदीजी आँफैले बोल्नुभयो नि–यो हल गर्ने भनेर । यो विवाद राखिराख्ने हो भने त नेपाल र भारत सम्बन्ध कहिल्यै पनि सहज हुने भएन । जहिल्यैपनि लिुपलेक, कालापानी भन्यो, त्यसपछि विभिन्न ढंगले त्यसमै लाग्ने भयो । यसलाई हल गरियो भने आर्थिक, सांस्कृतिक त छँदैछ हाम्रो । त्यसकारण हिजोबाट भएको के हो भने विकल्पहरु हुनसक्छ त भन्नेमा त गयो । अथवा त्यहीँ पनि केही गर्न सकिन्छ भन्ने पनि छँदैछ । हिजोबाट बाउण्डरीको बारेमा कन्सट्रक्टिभ डिबट सुरु भयो ।

इपिजीको प्रतिवेदन

अब त्यो विषय नेपालमा हामी सबैले अलिक बढि गम्भीरतापुर्वक लिएको स्थिति त हो । यो विषय मलाई के लाग्यो भने यो विषयमा विवाद गरेर सबै काम अड्काएर बस्नुभन्दा फुकाउने काम फुकाउँदै जाने र पछि वातावरण बनाएर यो इपिजी पनि एउटा विन्दुमा हुन्छ भन्ने हो । द्धिपक्षीय वार्तामा यो विषय अहिले उठेन । उठाएर माहोल बिर्गानतिर लागिएन । हुने कुरा पनि बिग्रिनेगरि किन गर्ने ?

पञ्चेश्वरको विषय

हामी छलफल गर्दै जाँदा, एउटा यस्तो विन्दुतिर गयौं । पहिला चाहीँ पञ्चेश्वरको कुरा गर्दा जस्तो लोअर शारदामा प्रयोग भएको पानीको कुरा थियो मुख्यतयः । त्यसले चाहीँ अब महाकाली सन्धीमा लोअर शारदाको चर्चा पनि छैन् । हामी गएर कता अप्ठ्यारोमा परियो भने लोअर शारदा आइदिने । एक्जिस्टिङ युज अफ वाटर भन्ने कुरा आउने । त्यसपछि महाकाली सन्धि, पञ्चेश्वर अगाडि नबढ्ने । अहिले चाहीँ सबै कुरा छोडेर महाकाली सन्धीलाई नै केन्द्रविन्दु बनाएर पहिला त्योअनुसार डिपिआर तयार गर्ने । त्यो डिपिआर तयार गरेपछि त बनाउने प्रक्रिया स्वतः अगाडि जान्छ । यो बाटोबाट छिर्ने क्या । अहिले छिर्नलाई छिर्यो पञ्चेश्वर नेपालमा र पहिला भारतमा पनि जसरी छलफल भएको थियो, त्यो रुपमा छिरेन । नयाँ रुपमा यसलाई अगाडि बढाउने कुरा भएको छ ।

भारत उड्नु्अघि चिनियाँ प्रतिनिधिहरुसँगको भेट

म भारत आउने दिन चिनियाँ प्रतिनिधिहरुलाई भेटेको कुरा संयोग हो । यो सबै संयोग हो । यो चाणक्य पनि होईन, केही पनि होइन । तर, समग्रमा अब सबै मिलेर तपाईँहरु पत्रकारहरुले पनि आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुभयो भने नेपाली बुद्धिजिवीहरु, पार्टीहरु कोहीले आलोचना गरेर, कोहीले समर्थन गरेर, भूमिका खेल्नुभयो र रिजल्ट राम्रो आएको छ । अब यसलाई राम्रो मोमेन्टम दिएर जाऔं । म तपाईँहरु सबै सिनियर पत्रकारहरुलाई भन्न चाहन्छु–अब राम्रो मोमेन्टम दिएर जाऔं ।

हिँड्ने दिन नागरिकता विद्येयक प्रमाणीकरण

नागरिकताको कुरा त मैले धेरै पहिल्यैनै राष्टपतिले प्रमाणीकरण गर्नुपर्छ भनेको कुरा थाहा छ । राष्ट्रपतिले सल्लाह गर्दागर्दै त्यही दिन पर्न आयो । मैले त धेरै पहिले यो चाहेको कुरा हो । मेरो धेरैपटक राष्ट्रपतिसँग कुरा भैरराखेको थियो । मेरो भारत भ्रमणसँग यो नजोडियोस भन्ने मेरो स्वतः चाहना थियो । पछि, त्यो बारमो अलिकति डिबेट भयो । भारत भ्रम्णको क्रममा गोरखा भर्तीबारे अप्रत्यक्ष कुरा भएको छ । धन्यवाद ।



प्रतिक्रिया दिनुहोस्