Logo

आम माफी र नागरिकता विधेयक शेरबहादुर देउवा एक्लैको निर्णय होः गगन थापा



काठमाडौं, १९ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आम माफी र नागरिकता विधेयकको निर्णयमा पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी निर्णय गरेको आरोप लगाएका छन् । नेपाल प्रेस युनियन उपत्यका प्रतिष्ठानको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले सभापति देउवाले एकलौटी निर्णय गर्दा पार्टीमा नकारात्क असर परिरहेको बताएका हुन् ।

‘नेपाली कांग्रेस संलग्न भएको सरकारले केही गम्भीर, महत्वपूर्ण, दीर्घकालीन महत्वको र जनचासोको विषयमा निर्णय गर्यो । एउटा निर्णय आम माफीको बारेमा, अर्का निर्णय नागरिकताको विषयमा । यी सबै निर्णय नेपाली कांग्रेसको पार्टी सभापतिले एक्लै गर्नुभएको निर्णय हो । यो निर्णय मैले तपाईँभन्दा पछाडि थाहा पाएको हुँ,’– उनले भने ।

साथै, अहिलेको अवस्थामा नेपाली कांग्रेसले भोट पाएर पनि विश्वाश गुमाएको उनको टिप्पणी छ । नेपाली कांग्रेसलाई नबदली विश्वास फर्काउन नसकिने उनले बताए । आफूले कांग्रेस बदल्ने भनेर हिडेको उनले बताए ।

‘नेपाली कांग्रेसले भोट पाएको, विश्वास गुमाएको अवस्था छ । भोट नपाएको भए चुनाव कसरी जित्ने ? हामी लार्जष्ट पार्टी छौं । अस्तिभर्खर चुनाव जितेको । भोटको बारेमा चिन्ता नगरौं, विश्वासको बारेमा चिन्ता गरौं । विश्वासलाई पुनस्र्थापित गरायौं भने भोट आफैं आउँदो रहेछ । विश्वास भएन भने भोट आउँदोरहेन छ,’– उनले भने । Photo By: Mukunda Kalikote/ Reporters Nepal 



प्रतिक्रिया दिनुहोस्