Logo

सलादमा चुकन्दर खानुहोस्, यस्ता छन् फाइदाहरु…



काठमाडौं, १९ जेठ । चुकन्दरलाई सलाद र तरकारीको रुपमा प्रयोग गरिन्छ । यो रातो रङ्गको हुन्छ । चुकन्दरले मानव शरीरलाई धेरै फाइदा गर्ने भएकोले यसको जुस बनाएरपनि खान सकिन्छ । यसको वैज्ञानिक नाम विटाभल्गरिस हो । यसको प्रयोग तौल घटाउन पनि प्रयोग गरिन्छ । चुकन्दरमा कार्बोहाइट्रेड र क्यालेरी प्रशस्तमात्रामा पाइन्छ । यो सुगरका बिरामीहरुले पनि खान सक्छन् ।

यस्ता छन् चुकन्दर खानुका फाइदाहरुः

-यसमा आइरन र भिटामिन ‘सि’पाइने हुनाले हेमोग्लोबिन बढाउन मद्दत गर्छ ।

-शरीरको तौल घटाउँछ ।

-स्मरण शक्ति बढाउन र दिमागलाई स्वस्थ बनाउन उपयोगी हुन्छ ।

-ब्लड प्रेसरलाई सन्तुलनमा राख्छ ।

-मुटु सम्बन्धी रोगको खतरालाई पनि कम गर्छ ।

-हाम्रो सेलभित्र रहेको माइट्रोकोन्डियाको गतिविधि बढ्छ ।

-रगत कम भएका व्यक्तिहरुलाई चुकन्दरले फाइदा गर्छ ।



प्रतिक्रिया दिनुहोस्