Logo

इजलासमा पाण्डेको गुनासोः ‘प्रहरीहरुले मध्यराती निद्रा पनि बयानका लागि मानसिक दवाब दिए’



काठमाडौं, १९ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डेले आफूलाई प्रहरीले मानसिक दवाबमा बयान गराएको बताएका छन् ।

इजलासमा न्यायाधीशसमक्ष भएको बयानमा उनले प्रहरीले मध्यराती निद्राको समयमा पटक–पटक लगेर दबावमा बयान दिन लगाएको बताएका हुन् । साथै, प्रहरीले वहकावमा आफ्नो बयान लेखेको समेत उनले आरोप लगाएका छन् ।

‘अनुसन्धान अधिकारी समक्ष गरेको बयान व्यहोरा मैले दवाबमा गरेको मध्यरातमा निद्रामा भएको अवस्थामा मेट्रो प्रहरीमा पटक–पटक लगि मानसिक रुपमा दवाब दिइएको थियो । बयान पनि प्रहरी घेरामा राखी गराएर अन्तिममा सरकारी वकिलको सहीछाप गराइएको हो,’– इजलासमा उनले भने ।

 

 



प्रतिक्रिया दिनुहोस्