Logo

नेपालको शान्ति प्रक्रियामा चीनको विशेष चासो



काठमाडौं, १९ जेठ । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले चीनले नेपालको शान्ति प्रक्रियामा विशेष चासो देखाएको बताएका छन् । आज (शुक्रबार) चीनबाट फर्किएपछि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपालको शान्ति प्रक्रिया निष्कर्षमा पुर्याउन चीनले जस्तोसुकै सहयोग पनि गर्ने प्रतिबद्धता जनाएको बताएका हुन् ।

‘खासगरी हामी शान्ति प्रक्रियामा आउपछि हाम्रो सम्बन्ध जीवन्त, सजीव र अलि बाक्लै भएको थियो । अहिले औपचारिक रुपमा पार्टीलाई निमन्त्रणा गरेर नै यो हाम्रो १९औं भ्रमण हो । नेपालको शान्ति प्रक्रियाको बारेमा पनि उहाँहरुले हामीलाई चासो राख्नु भएको थियो । हामीले तपाईँहरुले सहयोग गनुर््पर्छ भन्दाखेरि शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउनका लागि जस्तोसुकै सहयोग गर्न पनि तयार छौं भन्नुभएको छ,’– उनले भने ।

‘एउटा कम्युनिष्ट पार्टीले अर्को छिमेकी कम्युनिष्ट पार्टीलाई वाम एकता होस् भन्ने सद्भाव त राख्ने नै भयो । तर, उहाँहरुले बार बार हामीलाई के भन्नुहुन्थ्यो भने, यो निर्णय गर्ने तपाईहरुले हो । एकता भए स्वभाविक रुपमा हामीलाई राम्रो लाग्छ भनेर उहाँहरुले भन्नु भएको छ,’– उपाध्यक्ष सापकोटाले भने । File

 



प्रतिक्रिया दिनुहोस्