Logo

बागमती प्रदेश बाहेकका सबै प्रदेशमा एमालेले तोक्यो इन्चार्ज (नामावलीसहित) 



काठमाडौं, १९ जेठ । नेकपा (एमाले) ले प्रदेश इन्चार्ज तोकेको छ । आज (शुक्रबार) बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले नेताहरुको जिम्मेवारीमा हेरफेर गर्दै सचिवहरुलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिएको हो । एमाले पार्टी उपाध्यक्षहरुले विभागीय प्रमुखको जिम्मेवारी पाएका छन् । एमालेले इन्चार्ज तोक्दा सोही भूगोल भन्दा बाहिरको नेतालाई इन्चार्ज बनाएर पठाएको छ ।

कुन प्रदेशमा को ?

कोशी प्रदेश– रघुबीर महासेठ

मधेशमा योगेश भट्टराई

गण्डकीमा गोकर्ण विष्ट

लुम्बिनीमा पद्मा अर्याल

कर्णालीमा लेखराज भट्ट

सुदूरपश्चिममा छविलाल विश्वकर्मा

 

 



प्रतिक्रिया दिनुहोस्