Logo

रासायनिक मलको प्रयोग मानव स्वास्थ्यका लागि खराबः ओली



काठमाडौं, २० जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले रासायनिक मलको प्रयोग मानव स्थास्थ्यका लागि खराब सावित हुन थालेको टिप्पणी गरेका छन् । आज (शनिबार) पार्टीको विज्ञान तथा प्रविधि विभागद्वारा आयोजित वर्कसप कार्यक्रमलाई सम्बोधन गर्दै उनले कृषि उत्पादनका लागि प्रयोग गरिने रासायनिक मल हितकर नभएको बताएका हुन् ।

उनले मानव स्थास्थ्य र पर्यावरणका लागि हितकर नहुने विज्ञान बेलाबेलामा परिवर्तन गर्नुपर्नेमा जोड दिए । कृषि उत्पादनका लागि विज्ञानले रासायनिक मलको विकल्प खोज्ने बेला आएको उनको भनाई छ ।

 

 



प्रतिक्रिया दिनुहोस्