Logo

सीमा विवादमा समाधान नखोजे नेपाल–भारतबीचको सम्बन्ध सहज रहँदैन भनेको छुः प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, २० जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सीमा विवादको सन्दर्भमा आफैंले चासो देखाएको बताएका छन् ।

भारत भ्रमणबाट फर्किएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफूले सीमा विवादमा पहल नभए नेपाल–भारतबीचको सम्बन्ध सहज नरहने बताएको स्मरण गराए ।

‘सीमा सम्बन्धी कुरा हामी सबैको चासोको विषय हो । मैले यो पटक समाधान खोज्नै पर्छ नत्र नेपाल भारतबीचको सम्बन्ध सहज रहँदैन भनेका छौं । मोदीजीले नेपाल भारतको सम्बन्ध हिमालयको उचाईसम्म पुर्याउन पर्छ भन्ने शब्दको प्रयोग गर्नुभयो,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्