Logo

ए डिभिजन लिगमा आज चार खेल



काठमाडौं, जेठ २१ । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज चार खेल हुँदैछन्। दशरथ रंगशालामा दिउँसो ३ बजे शुरु हुने पहिलो खेलमा न्युरोड टिम एनआरटी र हिमालयन शेर्पा क्लब आमनेसामने हुनेछन्।

यस्तैगरी, च्यासल खेल मैदानमा दिउँसो ३ बजे हुने अर्काे खेलमा नेपाल पुलिस क्लब र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुँदैछ।

एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे ​नै शुरु हुने तेस्रो खेलमा एफसी खुमलटार र संकटा क्लबबीच प्रतिस्पर्धा हुँदैछ भने साँझ ६ बजे रंगशालामा हुने अन्तिम खेलमा फ्रेण्डस् क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।



प्रतिक्रिया दिनुहोस्