Logo

मलेसियालाई तीन विकेटले हराउँदै महिला टी-२० शृखंला नेपाललाई



काठमाडौं,२१ जेठ । मलेसियालाई तीन विकेटले हराउँदै नेपालले मलेसियाविरुद्धको महिला टी- २० शृखंला जितेको छ ।

मलेसियाले दिएको ११० रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएको नेपालले १९.२ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो ।

नेपालको जितमा अन्तिममा ब्याटिङमा आएकी अप्सरी बेगमले उत्कृष्ट ब्याटिङ गरेपछि नेपालले ५ खेलको शृंखला ३-२ ले आफ्नो पक्षमा पारेको हो ।

नेपालको जितमा निर्णायक बनेकी बेगमले १२ बलमा २ चौकाको मद्दतले १४ रन बनाइन् । त्यस्तै सीता रानामगरले ३४ रनको योगदान दिइन् ।

शृखंलाको पाँचौ तथा निर्णायक खेलमा युकेएम वाईएसडी ओभलमा मलेसियाले टस हारेर पहिले ब्याटिङ गर्दै पाँच विकेट गुमाएर १०९ रन बनाएको थियो।

यसअघिको चार खेलमा नेपाल र मलेसियाले २-२ खेल जितेकोले आजको खेल जित्न नेपाल र मलेसिया दुबैलाई उत्तिक्कै महत्वपूर्ण थियो ।

 



प्रतिक्रिया दिनुहोस्