Logo

शहीद स्मारक ए डिभिजन लिगमा आज ४ खेल हुँदै



काठमाडौं,२१ जेठ । शहीद स्मारक ए डिभिजन लिगमा आज चार खेल हुँदैछ । दिउँसो तीन बजे फरक फरक मैदानमा तीन खेल र साँझ ६ बने अर्को एक खेल हुने अखिल नेपाल फुटवल संघ (एन्फा)ले जनाएको छ ।

२४औं चरण अन्तर्गत आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा दुई तथा एन्फा कम्प्लेक्स र च्यासल रंगशालमा एक एक खेल हुनेछ ।

उपाधि होडमा रहेको दोस्रो स्थानको मछिन्द्रले च्यासल मैदानमा नेपाल पुलिस क्लबसँग खेल्नेछ । खेल तीन बजे सुरु हुनेछ ।

यस्तै दशरथ रंगशालमा दिउँसो तीन बजे एनआरटी हिमालयन शेर्पा क्लबबीच खेल हुनेछ ।

यस्तै पुछारमा रहेको खुमलटार र रेलिगेसन जोनभन्दा २ अंकले मात्र अघि रहेको संकटा क्लबबीच एन्फा कम्प्लेक्समा तीन बजे खेल हुनेछ ।

यस्तै रेलिगेसन जोमा रहेको अर्को क्लब फ्रेण्ड्सले साँझ ६ बजे दशरथ रंगशालमा मनाङ मर्स्याङ्दी क्लबसँग खेल्नेछ ।



प्रतिक्रिया दिनुहोस्