Logo

गोली हानाहान हुँदा खैबर पख्तुनख्वामा दुई पाकिस्तानी सैनिकको मृत्यु



खैबर पख्तुनख्वा, २१ जेठ। खैबर पख्तुनख्वाको बन्नु जिल्लामा आतङ्कवादीहरूसँगको गोली हानाहानमा दुई पाकिस्तानी सैनिकको मृत्यु भएको छ ।

एआरवाई न्युजले अन्तर-सेवा जनसम्पर्क (आईएसपीआर) लाई उद्धृत गर्दै जनाएअनुसार गोलीबारीमा दुई आतङ्ककारी मारिएका छन् ।

सेनाको प्रेस विज्ञप्तिमा भनिएको छ स् पाकिस्तानका सुरक्षा बलहरू आतङ्कवादको खतरा हटाउन कटिबद्ध छन् र हाम्रा बहादुर सिपाहीहरूको बलिदानले हाम्रो संकल्पलाई अझ बलियो बनाउँछ ।

यसैबीच आईएसपीआरले अघिल्लो दिन मात्र खैबर पख्तुनख्वाको उत्तरी वजिरिस्तान जिल्लामा सुरक्षा बलले दुई जना आतङ्ककारीलाई मारेको बताएको थियो ।

उत्तरी वजिरिस्तान जिल्लाको दोसाली क्षेत्रमा आतङ्कवादी र सुरक्षा बलहरू बीच गोली हानाहान भएको थियो ।

पाकिस्तानी सुरक्षा बलहरूले तीन दिन अघि उत्तरी वजिरिस्तान जिल्लामा गुप्तचर-आधारित अपरेशन (आईबीओ) मा दुई आतङ्ककारीलाई गोली हानी मारेका थिए । रासस



प्रतिक्रिया दिनुहोस्