Logo

सन्दीपलाई भोलि दक्षिण अफ्रिका पठाउने क्यानको तयारी



काठमाडौं,२१ जेठ । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टिमका एक महत्वपूर्ण खेलाडि सन्दीप लामिछानेलाई भोलि दक्षिण अफ्रिका पठाउने तयारी गरेको छ ।

एक नाबालिग किशोरीलाई बलात्कार गरेको आरोपमा अदालतमा मुद्दा खेपिरहेका लामिछानेको मुद्दाको पेसी असार २९ गतेसम्मको लागि सरेपछि उनलाई भोलि दक्षिण अफ्रिका पठाउन लागिएको हो ।

नेपालले यही असार ३ गतेबाट जिम्बावेमा आयोजना हुने आईसीसी विश्व क्रिकेटको छनोट खेल खेल्दैछ ।

टिमका अन्य खेलाडि यसअघिनै दक्षिण अफ्रिका गएपनि लामिछानेको मुद्दा टुंगोमा नपुगेपछि नेपालमै बसेका थिए ।

अब भने मुद्दाको पेसी सरेसँगै उनी दक्षिण अफ्रिका जाने निश्चित भएको हो ।



प्रतिक्रिया दिनुहोस्