Logo

नेप्सेमा ५३ अंकको वृद्धि



काठमाडौं,२१ जेठ । करको विवाद समाधान भएसँगै साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा उत्साह छाएको छ ।

आइतबार सेयर बजार परिसुचांक नेप्सेमा ५३.०३अंकको वृद्धि भएको छ । ५३.३अंकले वृद्धि हुँदै नेप्से आज १९१९.३७ बिन्दुमा उक्लिएको छ ।

४५ लाख ५७ हजार कित्ता सेयर आज कूल १ अर्ब ६५ करोड ६३ लाख ४० हजार बराबरको कारोबार भएको छ । आज कूल २२० कम्पनीहरु कारोबारमा आउँदा तीनवटा कम्पनी बाहेक अन्य सबैका मूल्यमा उल्लेख्य सुधार आएको छ ।

बजेटको बुँदा नं.२९ मा भएको करको विवाद समाधान भएपछि लगानीकर्ताहरु उत्साहित बन्दा नेप्सेमा उल्लेख्य मात्रामा वृद्धि भएको हो ।



प्रतिक्रिया दिनुहोस्