Logo

गर्मी सुरू भयो, यी फलफूल खाएर शरीरलाई शितलता प्रदान गर्नुहोस



सविता सिंह ठकुरी –

काठमाडौं, २१ जेठ । अहिले गर्मी बढेसँगै धेरै प्रकारका फलफुलहरुको जुस तथा फलहरु खाने गर्दछौं । गर्मी बढेकै कारण तराईका कतिपय विद्यालयहरु अहिले बन्द गरिएका छन् । अहिले गर्मी बढेसँगै हाम्रो शरीर कमजोर हुँदै गएको छ । बजारमा कैयौ फलफुलहरु आइरहेका हुन्छन् । हामीहरुले तिनीहरुको जुस बनाएर खाने गर्दछौं । र, हाम्रो शरीरलाई शितलता प्रदान गर्दछौ । आज हामी त्यस्ता फलफूलहरुको बारेमा वर्णन गर्नेछौं, जुन गर्मीको समयमा खाँदा फाइदाजनक हुन्छ ।

१. खरबुजा – खरबुजा गर्मीको समयमा खाने फल हो । यसको जुस बनाएर खायौं भने शरीरलाई शितलतामात्र नभई स्वास्थ्यमा पनि फाइदा दिने गर्दछ । यो फलमा भिटामिन, मिनरल, क्याल्सियम पाइन्छ । यो फल प्रायः गर्मी मौसममा पाइन्छ । अहिलेको बढ्दो गर्मी मौसमसँगै यो फलले अत्यधिक स्वास्थ्य लाभ गर्दछ ।

२. आँप – आँपलाई हामी फलफुलको राजा भन्ने गर्दछौ । आँप प्रायजसो सबैलाई मनपर्ने फल हो । आँपलाई हामी काँचै खानेपनि गर्दछौ । यसको विभिन्न प्रकारका परिकारहरु बनाएर खाने गर्दछौ । गर्मी मौसममा यसको जुस, आइसक्रिम बनाएर खाने गरिन्छ । यसलाई बच्चाहरुले समेत धेरै मन पराउने भएकोले यो फल धेरै नै लोकप्रिय बनेको छ ।

३. मेवा – मेवाले शरीरलाई धेरै फाइदा गर्ने भएकोले यसलाई प्रायः मानिसहरुले खाने गर्दछन् । मेवामा भिटामिन, फाइबर पाइन्छ । मेवा तौल कम गर्नको लागिपनि खाने गरिन्छ । यसले मुटु र आँखालाई धेरै फाइदा गर्दछ । यो फल पनि गर्मीयाममा खाँदा शरीर शितल हुने गर्दछ ।

४. सुन्तला – सुन्तला जाडो समयमा पाइने फल भएपनि अहिले स्टोर गरेर गर्मीको मौसममा पनि खाने गरिन्छ । यसको जुसले हामीलाई एनर्जी दिने गर्दछ । यसमा भिटामिन ‘सी’, क्यालोरी, फाइबर, भिटामिन पाइन्छ । यसको जुस, जाम, जेली, वाइन, विभिन्न प्रकारका मिठाइहरु समेत बनाइन्छ । यसको बाहिरको बोक्राको प्रयोगले समेत शरीरलाई धेरै फाइदा दिने गर्दछ ।

५. अम्बा – अम्बा धेरै प्रजातिका पाइन्छन् । यो फलपनि गर्मी समयमा खाने गरिन्छ । यसमा क्यालोरी, फाइबर,एन्टीअक्सिडेन्ट, भिटामिन पाइन्छ । यो फल तौल कम गर्नका लागिपनि खाने गरिन्छ । अम्बाले मुटु स्वस्थ बनाउने, मांशपेसीको दुखाई कम गर्ने, छालालाई स्वस्थ राख्ने, खोकी लागेको औषधी, तौल कम गर्ने जस्तो फाइदा गर्दछ ।

६. लिची – यो फल गर्मीको मौसममा बढी पाइन्छ । काँचो हुँदा अमिलो हुने र पाकेपछि त्यसको स्वाद मिठो हुन्छ । यो फल सबैलाई मनपर्ने फल हो । लिचिमा क्यालोरी, प्रोटीन, सुगर, फाइबर र फ्याट पाइन्छ । यसले रातो रगत सेल बनाउन मद्दत गर्दछ । लिचिको जुस, जाम, जेली, वाइन, सस जस्ता चिजहरु बनाइन्छ ।

७. स्ट्रबेरी – स्ट्रबेरी एकदमै मिठो र लाभदायक फल हो । यसमा क्यालोरी, कार्बोहाइट्रेड, भिटामिन ‘सी’ र फ्याट कम मात्रामा पाइन्छ । यसले मुटु स्वस्थ राख्न, कब्जियत कम गर्ने र तौल कम गर्न मद्दत गर्दछ । साथसाथै यसको जुस बनाएरपनि खाने गरिन्छ ।

८. भुईंकटहर – यो फलका फल मिठो र स्वादिलो हुने भएकोले यसलाई धेरैले खान मन पराउँछन् । यो फलमा क्यालोरी, कार्बोहाइट्रेड, फाइबर, प्रोटिन, आइरन, भिटामिन, सोडियम, पोटासियम र कम मात्रामा फ्याट पाइन्छ । यो हाम्रो शरीरको स्वास्थ्यको लागी एकदमै फाइदाजनक फल हो । यसको जुसपनि मिठो हुने हुनाले यो फल निकै लाभदायक रहेको छ ।

Photo Source: stylesatlife.com



प्रतिक्रिया दिनुहोस्