Logo

नेपालको राष्ट्रियता, सार्वभौम सत्ता र अखण्डतामाथि भारतबाट खतरा छः चित्रबहादुर केसी



काठमाडौं, २१ जेठ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालको राष्ट्रियता, सार्वभौम सत्ता र अखण्डतामाथि भारतबाटै गम्भीर खतरा रहेको बताएका छन् । प्रतिनिधि सभाको बैठकपछि संसद् भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले भारतप्रति नेपाली जनता चनाखो हुने बेला आएको बताएका हुन् ।

‘नेपालमाथि भारतीय शासकहरुको हेराई छ, त्यो गम्भीर छ । नेपाली जनता चनाखो हु्नुपर्छ । देशको राष्ट्रियता, सार्वभौमता र अखण्डतामाथि भारतबाट नै सबैभन्दा बढी खतरा छ,’– केसीले भने ।

भारतले नेपालका शासकहरुलाई विरालाले मुसो खेलाएझैं खेलाएर नेपालको राष्ट्रियतामाथि, सार्वभौमता र अखण्डतामाथि कब्जा जमाएको उनको अरोप छ । भारतले नेपालको प्राकृतिक स्रोत, साधन र जनसंख्यामाथि कब्जा गर्न खोजेको उनले बताए । अंगिकृतलाई वंशज नागरिकता दिएर भारतले नेपालमा आफ्नो बहुमत बनाउन चाहेको उनको आरोप छ ।

 



प्रतिक्रिया दिनुहोस्