काठमाडौं, २१ जेठ । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आज (आईतबार) प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेश सभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
प्रदेश सरकारले संघीय सरकारको नीति तथा कार्यक्रममा समावेश रहेको गाँजा खेतिको सम्भाव्यताको बारेमा अध्ययन गर्ने पनि आफ्नो नीति तथा कार्यक्रममा समावेश गरेको छ । गण्डकी सरकारले ३३ अर्ब हाराहारी बजेट ल्याउने तयारी थालेको बताइएको छ ।




प्रतिक्रिया