Logo

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा एउटा नयाँ आयाम सुरु भएको छः डा.चिरञ्जीवी नेपाल



काठमाडौं, २१ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने भारत भ्रमण सकाएर हिजो (शनिबार) स्वदेश फर्किएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा उनी औपचारिक भ्रमणमा भारत गएका हुन । पदभार ग्रहण गरेपछिको यो प्रधानमन्त्रीको पहिलो भ्रमण थियो । भारत भ्रमणमा राजनीतिक, आर्थिक, व्यापार, उर्जा, सुरक्षा तथा विकास लगाएतका  विषयबस्तुलाई समेटदै दुवै प्रधानमन्त्रीले भारत नेपालबीचको द्धिपक्षीय एजेन्डामा रहेरे समीक्षा गरेका थिए । यसै विषयलाई लिएर आज (आइतबार) नेपाली रेडियो नेटवर्क (एनआरएन) मा प्रसारण भएको  ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलाले नेपाल राष्ट्र बंैकका पूर्वगभर्नर एवं राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपालसँग गरेको संवादको सम्पादित अंशः
राष्ट्रपति रामचन्द्र पौडेलका बारेमा फेरि चर्चा सुरु भएको छ । नागरिकता विधेयकमा उहाँले प्रमाणीकरण सुरु गरिसकेपछि  एमालेले विरोध गरिरहेको छ । तपार्इंहरुले यो विरोधलाई कसरी लिनुभएको छ ?
उहाँले संसद्लाईं निकास दिएको हो । अहिले निकास दिनुपर्ने स्थिती थियो । संविधानको मर्मअनुसार नै हो । पारित भइसकेको नागरिकता विधेयकलाई फिर्ता गर्ने भनेर कहाँ लेखिएको छ संविधानमा ? त्यसैले सरकाले अगाडि बढाउनु पर्यो भनेर निर्णय गरेर दियो । त्यो अनुसार सम्माननीय राष्ट्रपति ज्यूले यसलाई अगाडि बढाउनु भयो । यहि हो सत्य, तथ्य यसलाई लिएर भोलि संसदीय व्यवस्था सवल बनाउनलाई उहाँले यो नागरिकता विधेयक पारित गर्नु भएको हो ।
जनताको सर्वोच्च निकायलाई छलेर मृत नागरिकता विधेयकलाई राष्ट्रपतिबाट प्रमाणीकरण भयो भन्ने एमालेको आरोप छ ?
मृतक भनेर कहाँ लेखेको छ ? कहाँ पठाउने भन्ने कहि छ त्यस्तो लेखेको ? संविधान अनुसार गर्ने हो हरेक कुरा । राष्ट्रपतिले सरकारले भनेपछि त्यही अनुसार गरेको हो ।
राष्ट्रपतिको सल्लाहकारको नाताले राष्ट्रपति कार्यालयको वक्तव्य प्रचलित कानुन र संसदीय मान्यता विपरीत भएको एमालेको भनाई छ  नि ? 
संसदीय व्यवस्था सर्वपरी भएको हुनाले उसले पठाएको कुरालाई राष्ट्रपतिले जबकी संविधानमा कहि पनि उल्लेख छैन । जति  पटक पनि राष्ट्रपतिले फिर्ता पठाउनेवित्तिकै भोलि संसदीय व्यवस्थामा नभएका संसदबाट छलफल भएका कुराहरु राष्ट्रपतिसँग आउनेवित्तिकै फिर्ता पठाउने परिपाटी भयो भने के हुन्छ ? त्यो फिर्ता पठाउन पर्छ भनेर कहाँ लेखेको छ ?
एमाले, राप्रपाका नेताहरुको भनाई छ, नयाँ संसद् आइसकेपछि संसदमा छलफल हुनुपर्छ । सांसदले आफ्ना कुराहरु राख्न पाउनुपर्छ ।
राष्ट्रिय सभामा भएका सभासदहरु को हुन् ? नयाँ संसदमा पनि तिनै संसदीय व्यवस्थाबाट चुनिएर आएका प्रतीनिीधहरु होलान् । राष्ट्रिय सभामा पुरानै बसेर गरेका हुन् । पहिले पनि राष्ट्रिय सभा प्रतीनिीध सभाबाट गरेको हो ।  दशकौंदेखि रोकिएको कुरा पूर्ण रुपमा उहाँले निकास दिनुभयो ।
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण कतिको सफल भयो ?
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा एउटा नयाँ आयाम सुरु भएको छ । त्यो आयामलाई बंगलादेश मोडालिटी कुरा सुरु भएको छ ।  अहिलेको स्थितीमा सकारात्मक रुपमा हामीले बाहिरबाट लिएका छौं । इपिजि बारेको केहि कुरा निस्किएन अथवा भएन त्यसैले यो कुरामा अलिकति दुःख लाग्यो । तर, मोडालिटीबाट कुरा अगाडि बढ्यो ।  बङगला देश मोडालिटीको कुरा आइरहेको छ । त्यो मोडालिटीबाट जादाँखेरि नेपाललाई सहज हुन्छ । हिजोको दिनमा बंगलादेश र भारतको जुन २१ वटा र यता १५१ वटा भू–भाग आदानप्रदान भएको छ । त्यसले गर्दा सहजतातिर जान्छ कि भन्ने स्थितीमा गएको हुनाले यसमा भोलिको दिनमा के हुन्छ भन्ने हो । पारवहन सन्धि तीन वर्षदेखि भएको थिएन । त्यो सन्धिमा नेपाल भित्र सडक, रेल र जलमार्गका कुराहरु उपयोग गर्न सकिने जुन कुरा आएको छ । १० हजार मेगावाट विद्युत १० वर्षभित्र भनिएको छ । त्यो पनि राम्रो पक्ष हो । दुई देशभित्र भएको यसलाई कार्यन्वयन पछि कस्तो हुन्छ भोलि भन्ने समन्वय समितिहरु कस्तो हुन्छ यसले फरक पार्छ । कतिपय हिजोदेखि उठाइरहेका कुराहरु हरेक पटक जादाँखेरि भइरहेका हुन्छन, काम हुँदैन । त्यसैले भोलिको दिनमा समन्वय भएर समृद्धिहरु दुई देशभित्रै बनेर कसरी अगाडि बढछन् ।
नेपालले उत्पादन गरेको बिजुली भारतले किन्न तयार पा¥यो आफुलाई, त्यसमा टेक्निकल  समस्या आउँछ कि आउदैन ? कसरी अगाडि बढनसक्छ ? चुनौतीहरु के छ ?
भोलि नेपालबाट समन्वय समिति बन्छ । निर्यात भन्दाखेरि उर्जा राखेर उद्योग धन्दाहरु खोलेर सबै यहि आउने स्थिती पनि होला । उर्जा निर्यात भन्दा पनि हाम्रो खपतमै हामीलाई नपुग भयो भने अहिले पनि हामीलाईं  विद्युत पुगेको छैन । हिउँदमा पुगेकै छैन । हाम्रो आर्थिक क्रियाकलाप  बढ्दाखेरि भोलि निर्यात गर्न नपर्ने स्थििती पनि आउनसक्छ । विद्युत प्रसारण लाइन निर्माण समपन्न भइसकेपछि  अथवा उत्पादन भइसकेपछि कसरी जान्छ भन्नेकुरा हो ।



प्रतिक्रिया दिनुहोस्