Logo

सदनको अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल, आज प्रधानमन्त्रीले संसदमा प्रष्टिकरण दिने



काठमाडौं, जेठ २२ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच प्रतिनिधि सभाको अवरोध हटाउनेबारे छलफल भएको छ ।

सभामुख घिमिरेले प्रधानमन्त्री प्रचण्डसँग सदनको अवरोध हटाउने विषयमा छलफल गरेका हुन । उनले बजेट पारित गर्न समयको चाप रहेको स्मरण गराउँदै विपक्षीदलसँग संवादगर्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका छन।

आइतबार प्रतिनिधि सभा अवरोध भए लगत्तै सभामुखले प्रधानमन्त्रीसँग टेलिफोनमार्फत संवाद गरेर विपक्षीदलसँग संवाद गरेर सदनको अवरोध हटाउन सरकारका तर्फबाट पहल गर्न आग्रह गरेका थिए । पुनः सदन अवरोध भइरहने हो भने बजेट पारित गर्न समय अभाव हुने जानकारी गराउँदै सभामुखले समयमै संवादमार्फत निकास खोज्न प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् ।

सभामुखसँगको संवादपछि प्रधानमन्त्रीले आजको संसदमा प्रष्टिकरण दिने तयारी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्