Logo

सुन चाँदीको भाउ स्थिर



काठमाडौ, जेठ २२ । नेपाली बजारमा सोमबार सुनको भाउ स्थिर रहेको छ । साेमबार सुनको भाउमा कुनै फेरबदल भएको छैन । योसँगै प्रतितोला छापावाल सुन १ लाख ११ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो आइतबार सुनको भाउ १ हजार ७०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ११ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

साेमबार चाँदीको भाउ पनि स्थिर रहँदै तोलाको १ हजार ४१५ रुपैयाँ कायम भएको छ । आइतबार तोलामा २० रुपैयाँले घटेर चाँदी १ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो ।



प्रतिक्रिया दिनुहोस्