Logo

सन्दीप लामिछाने आज साँझ दक्षिण अफ्रिका जाने



काठमाडौं,२२ जेठ । लामो दोधारकाबीच क्रिकेटर सन्दीप लामिछाने आज साँझ दक्षिण अफ्रिका जाने भएका छन् ।

नेपाली क्रिकेट टिमका पूर्व कप्तानसमेत रहेका लामिछानेविरुद्ध एक नाबालिग किशोरीले बलात्कारको आरोपमा अदालतमा मुद्दा दायर गरेकी छन् । लामो समयदेखि मुद्दा खेपिरहेका लामिछाने मुद्दाको पेसी असार २९ गतेसम्म सरेपछि आज दक्षिण अफ्रिका जान लागेका हुन् ।

लामिछानेसँगै नेपाली क्रिकेट टिमका मूख्य प्रशिक्षक मोन्टी देशाईपनि दक्षिण अफ्रिका जाँदैछन् ।

नेपालले आगामी असार तीन गतेबाट जिम्बावेमा आयोजना हुने विश्वकपको छनोट खेल्दैछ ।



प्रतिक्रिया दिनुहोस्