Logo

गौर हत्याकाण्डविरुद्धको रिटको पेसी न्यायाधीश कुमार रेग्मीको इजलासमा



काठमाडौं,२२ जेठ । नरसंहारकारी गौर हत्याकाण्डविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको  पेसी न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा परेको छ ।

२०६३ सालमा रौतहटको गौरमा तत्कालिन मधेशी जनअधिकार फोरम र माओवादी कार्यकर्ताबीच भएका झडपमा २७ जना माओवादी कार्यकर्ताको ज्यान गएको थियो ।

जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दिँदासमेत छानबिन नभए पछि पीडितका परिवार तथा आफन्तले हिजो सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालयलगायतलाई विपक्षी बनाएर दायर रिटमा आज देखी सुनवाइ हुन लागेको हो । रिटमा तत्काल अन्तरिम आदेश माग गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्