Logo

भारतमा दिएको अभिव्यक्ति बारे प्रधानमन्त्रीले संसद्मा प्रष्टीकरण दिने



काठमाडौं,२२ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो ४ दिने भारत भ्रमणको क्रममा भारतको फुलवारी बन्दरगाह प्रयोग गर्न दिए नेपालको लिपुलेक,कालापानी र लिम्पियाधुरा क्षेत्र भारतलाई दिन सकिने भनेर दिएको अभिव्यक्तिप्रति संसद्मा स्पष्टीकरण दिने भएका छन् ।

प्रधानमन्त्री दाहालको उक्त अभिव्यक्ति तथा राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको विवादित नागरिकता ऐनको विरोधमा विपक्षी दलले संसद् अवरोध गरेपछि त्यसको जवाफ प्रधानमन्त्रलिे आज संसद्मा दिन लागेका हुन् ।

नेकपा एमाले लगायतका विपक्षी दलले नागरिकता प्रमाणीकरणको प्रक्रिया र प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा जमिन सट्टापट्टाबारे दिएको अभिव्यक्तिको विरोध गर्दै आइतबारको संसद् बैठक अवरुद्ध गरेका थिए । नागरिकता विधेयक सच्याउनुपर्ने र जमिन साटफेर गर्ने अभिव्यक्ति फिर्ता लिएर माफी माग्नुपर्ने विपक्षीहरूको अडान छ ।

विहान ११ बजेका लागि बोलाइएको संसद बैठक दलहरुबीच कुरा मिल्न नसक्दा अझैसम्म सुरु हुन सकेको छैन् ।



प्रतिक्रिया दिनुहोस्