Logo

एमाले नगर कमिटी सचिवसहित ७४ जनाले दिए सामूहिक राजीनामा



रुपन्देही २२ जेठ । नेकपा (एमाले) सिद्धार्थनगर नगर समितिका सचिव नारायण प्रसाद भण्डारीसहित ७४ जनाले सामुहिक राजीनामा दिएका छन् । जिल्ला नेतृत्वले पार्टी सुधारको मागलाई बेवास्ता गरेको भन्दा पार्टीका विभिन्न जनवर्गीय संगठनका पदाधिकारी र नगरकमिटीमा आवद्ध नेता तथा कार्यकर्ताहरुले राजीनामा दिएका हुन् ।

आज (सोमबार) भैरहवामा पत्रकार सम्मेलन गर्दै नगर सचिव भण्डारीले पार्टी सुधारका लागि १० बुँदे माग राखी जिल्ला नेतृत्वलाई ध्यानाकार्षण पत्र बुझाउँदा कारबाहीको धम्की र लाञ्छना लगाएकोले राजीनामा दिन दिन परेको बताए ।

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस्