Logo

सदन संचालनको अवरोध हट्यो



काठमाडौं, जेठ २२ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संसद् बैठकमा स्पष्टिकरण दिने भएपछि सदन संचालनको अवरोध हटेको छ । सभामुख घिमिरेले संसदको अवरोध हटाउन प्रमुख दलका प्रमुख सचेतक र सचेतकसँग आज विहान गरेको परामर्शपछि सदन संचालन गर्न बाटो खुलेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो ४ दिने भारत भ्रमणको क्रममा भारतले फुलवारी बन्दरगाह प्रयोग गर्न दिए नेपालको लिपुलेक,कालापानी र लिम्पियाधुरा क्षेत्र भारतलाई दिन सकिने भनेर दिएको अभिव्यक्तिप्रति संसद्मा स्पष्टीकरण दिने भएपछि संसद अगाडी बढ्ने भएको हो । सभामुखसँगको परामर्शपछि संसदको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री दाहालले सार्वजनिक महत्वको विषयमा बैठकमा वक्तव्य दिने बुँदा थपिएको छ ।

नेकपा (एमाले) लगायतका विपक्षी दलले नागरिकता प्रमाणीकरणको प्रक्रिया र प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा जमिन सट्टापट्टाबारे दिएको अभिव्यक्तिको विरोध गर्दै आइतबारको संसद् बैठक अवरुद्ध गरेका थिए । आइतबार संसदमा नागरिकता विधेयक सच्याउनुपर्ने र जमिन साटफेर गर्ने अभिव्यक्ति फिर्ता लिएर माफी माग्नुपर्ने विपक्षीहरूले अडान राखेपछि बैठक आजका लागि सारिएको थियो ।

विहान ११ बजेका लागि बोलाइएको संसद बैठक दलहरुबीच कुरा मिल्न नसक्दा अझैसम्म सुरु हुन सकेको छैन्



प्रतिक्रिया दिनुहोस्