Logo

प्रधानमन्त्रीलाई योगेशको चुनौती- मृत्यु भइसकेको विधेयकलाई व्यूँझाउने तागत भए द्वन्द्वकालमा मारिएका १७ हजारलाई पनि व्यूँताइदिऔं



काठमाडौं,२२ जेठ । नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले मृत भइसकेको नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको ठाडो उल्लंघन गरेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको सुरुवातमा बोल्दै भट्टराईले भने ‘राष्ट्रपति संसदभन्दामाथि हुँदैन। राष्ट्रपति भनेको संसदको अंग हो। राष्ट्रपतिले संसदबाट पठाएको प्रमाणित गरेको विधेयक प्रमाणीकरण गर्ने अधिकार छ। संसद्लाई क्रस गरेर विधेयक प्रमाणीकरण गर्ने अधिकार राष्ट्रपति रामचन्द्र पौडेललाई कसले दियो ? संविधान मिच्ने अधिकार कसले दियो? ’

मृत्यु भइसकेको विधेयक प्रमाणीकरण गरेको भन्दै भट्टराईले प्रधानमन्त्रीलाई चुनौती दिँदै द्धन्द्धकालमा मारिएका १७ हजार नागरिकलाई व्युँझाउन आग्रह गरेका छन् । उनले भने,‘मृत्यु भइसकेको विधेयकलाई व्यूझाउने तागत प्रधानमन्त्रीसँग छ भने प्रधानमन्त्रीसँग मेरो अनुरोध छ द्वद्वकालमा मारिका १७ हजार मान्छेलाई पनि ब्यूताइदिउन त एकपटक। यदि ब्यूताउने अधिकार छ भने।’ file photo



प्रतिक्रिया दिनुहोस्