Logo

संसद्मा प्रधानमन्त्री दाहाल : भारतीय प्रधानमन्त्रीले पहिलोपटक सिमा समस्या समाधान गर्न सकारात्मक अभिव्यक्ति दिनुभयो (भिडिओसहित)



काठमाडौं, २२ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सीमा समस्याका बारेमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलोपटक स्पष्ट रुपमा बोलेको र सकारात्मक अभिव्यक्ति दिएको बताएका छन् । आजको प्रतिनिधि सभा बैठकलाई आफ्नो भारत भ्रमणबारे जानकारी दिँदै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।

सम्बोधनको क्रममा प्रधानमन्त्री दाहालले भने,‘सीमा समस्यामा गम्भीरतापूर्वक कुरा भएको छ। संयन्त्रले यसलाई टुंग्याउने छ, प्रधानमन्त्री मोदीले पत्रकार सम्मेलनमा सीमा समस्या समाधान गरिने स्पष्ट रुपमा पहिलो पटक भन्नुभएको छ।’ सो क्रममा प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा भएका द्धिपक्षीय सम्झौताको बारेमा पनि प्रकाश पारेका छन् ।

उनले आर्थिक विषयका अलावा राजनीतिक कुरा पनि भएको बताए । उनले आफ्नो भ्रमण नेपाल र नेपालीहरुको लागि आर्थिक क्रियाकलापलाई नयाँ गति दिनको लागि र दिर्घकालिन विद्युत व्यापार सम्झौता (१० वर्षमा १० हजार मेगावाट विद्युत लिने भारतको प्रबिद्धता) आँफैमा ठूलो कुरा भएको सुनाए । उनले भारत, नेपाल र बंगलादेशबीच त्रिदेशीय साझेदारीको कुरा पनि उपलब्धिमूलक रहेको बताए ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्