Logo

सिमा विवादमा बंगलादेश मोडल मेरो प्रस्ताव होईन : प्रधानमन्त्री दाहाल (भिडिओसहित)



काठमाडौं, २२ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा कालापानी, लिपुलेक र लिम्पियाधुराबारे आफूले प्रष्ट धारणा राखेको बताएका छन् । भारत भ्रमणबारे संसदलाई जानकारी दिँदै प्रधानमन्त्री दाहालले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि हो भन्ने स्थापित गर्न आफूले भूमिका खेलेको स्पष्ट पारे ।

उनले भने, ‘यताउता ग¥यो कि भनेर राखेका देख्दा चिन्तित र पीडित भएको छु । नेपालका केही विज्ञ, वुद्धिजिवीहरुले यस्ता पनि भनेका छन् मात्र भनेको छु,’ उनले भने, ‘बंगलादेश मोडल मेरो कुरा होइन ।’ बरु एमालेनिकट वुद्धिजिवीहरुले नै बंगलादेशसँग पहुँच हुने हो भने विकल्पमा जान सकिन्छ भनेको उनले बताए । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्