Logo

मुर्रा राँगाबारे बोले प्रधानमन्त्री प्रचण्ड, ‘सम्झौता सात वर्ष अगाडिको’



काठमाडौं, २२ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारत भ्रमणबारे आफूमाथि उठेका प्रश्नको जवाफ दिएका छन् । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण र नागरिकता विधेयकका विषयलाई लिएर एमाले र रास्वपा र राप्रपाले प्रश्न उठाएपछि उनले प्रतिनिधि सभामा जवाफ दिएका हुन् । उनले संसद्मा जवाफ दिने क्रममा अहिले सामाजिक सञ्जालामा चर्चामा रहेको मुर्रा राँगाको बारेमा पनि प्रष्ट पारेका छन् । मुर्रा भैसी ल्याउने सम्झौता सात वर्ष अगाडिको सरकारले सम्झौता गरेको र त्यसको कार्यान्वयनमात्रै अहिले भएको उनले बताएका हुन् ।

‘भैसी यो भैसीको कुरा अहिले भएको विषय होइन ? यो आजभन्दा सात वर्ष अगाडि नै मुर्रा भैसी ल्याउने बारे समझदारी भएको रहेछ । आएकोमात्रै अहिले हो ? सात वर्ष अगाडिको रहेछ मुर्रा भैसी । मान्छेले मलाई चाहिँ भैसी चढाएर हिडेका छन् । मुर्रा हो, मुर्रा,’– उनले भने ।

यस सम्बन्धमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले पनि सूचना निकालेर प्रष्ट पारिसकेको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सन् २०१८ मा नेपाल भारत संयुक्त कृषि प्राविधिक कार्य समूहको बैठकमा भएको माग अनुसार विभिन्न समयमा औपचारिक आनौपचारिक रुपमा ३० वटा मुर्रा राँगा उपलब्ध गराउने समझदारी भएको उल्लेख छ । सोही अनुुसार सन् २०२० जुनमा नेपाल सरकारबाट भारतको मिनिष्ट्री आफ एनिमल हज्बेन्ड्रीलाई औपचारिक रुपमा राँगा उपलब्ध गराउन प्रस्ताव गरिएको समेत उक्त मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालय

 



प्रतिक्रिया दिनुहोस्