Logo

रास्वपा सांसदको‘प्रधानमन्त्री भैँसी चढेर आएको’भन्ने अभिव्यक्ति संसद्को रेकर्डबाट हट्यो



काठमाडौं,२२ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले दिएको भैँसी चढेर आएको भन्ने शब्द संसद्को रेकर्डबाट हटाइएको छ ।

आजको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो स्प्रष्टीकरण दिएपछि प्रतिउत्तरमा प्रश्न गर्नेक्रममा रास्वपा सांसद खनालले प्रधानमन्त्री भारत भ्रमणबाट आउँदा भैँसी चढेर आएको भन्ने  कुरा आएको छ भनेपछि माओवादी केन्द्रका सांसदले नियमापत्ति जनाएका थिए ।

सत्तापक्षका सांसदको नियमापत्तिपछि सभामुख देवराज घिमिरेले उक्त शब्द संसद्को रेकर्डबाट हटाउन निर्देशन दिएका हु्न् ।



प्रतिक्रिया दिनुहोस्