Logo

संसद् बैठकमा सत्ता पक्ष र प्रतिपक्षका सांसदहरु होहोल्लमा उत्रिए, प्रधानमन्त्री भैंसी चढेर आएको भनेपछि माहोल तातियो (फोटोफिचर)



काठमाडौं, २२ जेठ । प्रतिनिधिसभाको बैठकमा सत्तापक्ष र विपक्षी दलका सांसदहरुले एकपछि अर्को नियमापत्ति जनाएपछि बैठकको नियमित काम बिथोलिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भम्रण, नागरिताको विषयमा बोलेपछि सांसदहरुले प्रश्न सोध्ने क्रममा विवाद भएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले प्रधानमन्त्री पोखरा अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आउनुहोला भनेको त भैंसी चढेर भारतबाट नेपाल फर्केको बताएपछि माहोल तातिएको थियो । खनाल बोल्दै गर्दा नेकपा नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले उक्त शब्द संसद्को रेकर्डबाट हटाउनको लागि नियमापत्ति जनाए ।

हितराज पाण्डेले नियमापत्ति जनाएपछि एमाले सांसद योगेश भट्टराईले नियमापत्ति जनाए । संसदमा सो विषयमा विवाद भएपछि सभामुख देवराज घिमिरेले अमार्यादित शब्द नबोल्न आग्रह गर्दै सो शब्द संसदको रेकर्डबाट हटाउन रुलिङ गरेका छन् ।

तस्विरहरु : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्