Logo

एक दिनपनि टिकेन सेयर बजारको उछाल,दोहोरो अंकले घट्यो नेप्से



काठमाडौं,२२ जेठ । साताको पहिलो कारोबार दिन आइतबार ५३.०३ अंकले बढेको सेयर बजार परिसुचांक नेप्सेमा सोमबार दोहोरो अंकको गिरावट आएको छ ।

सोमबार नेप्सेमा १७.३८ अंकको गिरावट आएको छ । आज नेप्से १७.३८अंकले घट्दै १९०१.९९ बिन्दुमा झरेको छ ।

नेप्से घटेको दिन आज कारोबारमा पनि उल्लेख्य मात्रामा गिरावट आएको छ । ५६ लाख २० हजार कित्ता सेयर आज कूल एक अर्ब ९७ करोड ३४ लाख ९१ हजार बराबरमा कारोबार भएको छ ।

१६६ कम्पनीको मूल्यमा गिरावट आएको दिन आज ४६ कम्पनीको मूल्यमा भने वृद्धि भएको छ ।



प्रतिक्रिया दिनुहोस्