Logo

प्रधामन्त्री प्रचण्डको भारत भ्रमण फितलो भयोः केपी ओली



काठमाडौं, २२ जेठ । नेकपा (एमाले) का अधयक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमण फितलो भएको टिप्पणी गरेका छन् । आज (सोमबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणले नेपालको पक्षमा खरो रुपमा बोल्न नसकेको बताएका हुन् ।

‘प्रधानमन्त्री ज्यूको भारत भ्रमण फितलो भयो । लिम्पियाधुरा, लिपुलेक, कालापानी यही संसद्बाट संविधान संशोधन सिंगै संसद्ले सर्वसम्मत पारित गर्यो । कसैको विरोध छैन,’– उनले भने ।

सीमान मिचेको खण्डमा पनि अहिलेको सरकार बोल्न नसकेको उनको आरोप छ । प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्रीसँग अड्कली–अड्कली, डराई–डराई बोलेको आरोप लगाएका हुन् ।



प्रतिक्रिया दिनुहोस्