Logo

प्रधानमन्त्री प्रचण्ड र मोदीबीचको भेटवार्तामा छोरी साथमा राखिएको भन्दै ओलीको असन्तुष्टि



काठमाडौं,२२ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण पूर्णत असफल भएको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै ओलीले प्रधानमन्त्रीको भारत भ्रमणमा कूटनैतिक मर्यादा उल्लंघन गरेको आरोप लगाएका छन् । उनले प्रधानमन्त्रीले भारतयि समकक्षी नरेन्द्र मोदीसँगको भेटमा छोरी गंगा दाहाललाई उपस्थित गराएकोमा असन्तुष्टिसमेत व्यक्त गरेका छन् ।

ओलीले भने, प्रोटोकल भएन । तरिका पनि मिलेन । को कता छ थाहा छैन । प्रधानमन्त्रीको छेउमा छोरी राख्नुभएको छ । परराष्ट्रमन्त्री छैन, परराष्ट्र सचिव छैन, चिफ अफ प्रोटोकल छैन । परिवारको सदस्य राख्नुभएको छ ।

ओलीले प्रधानमन्त्रीले समकक्षीसँगको भेटमा छोरी गंगालाई कुन आधारमा राखिएको हो भन्दै सरकारसँग जवाफ माग गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्