Logo

नियमित ओखर खानु स्वास्थ्यका लागि फाइदैफाईदा



संगीता खत्री

काठमाडौं, २२ जेठ । ओखर एउटा यस्तो फल हो, जसले मानिसका लागि अत्यावश्यक पदार्थहरु भिटामिन बी, भिटामिन ई, ओमेगा– ३, ओमेगा–६, अल्फालिनोलेनिक एसिड, म्याग्नेसियम, जिङक, कपर, आइरन, क्याल्सियम, एन्टिअक्सिडेन्ट र प्राकृतिक मिनरल्सहरु प्रशस्त मात्रामा पाइन्छ ।

ओखरमा एन्टिअक्सिडेन्ट नामक तत्व हुन्छ । जसको सेवनले कपाल तथा छाला सम्बन्धी समस्याबाट मुक्ति दिनुको साथै बढ्दो उमेरमा हुने चाउरिपनाबाट छुटकारा पाउन सकिन्छ ।
दैनिक चार/पाँच ओटा ओखरको सेवनले मुटुलाई स्वस्थ राख्नुका साथै शरीरमा कोलस्टोलको मात्रा कम गर्न मद्दत गर्छ ।

ओखरमा प्रशस्त मात्रामा क्याल्सियम हुन्छ । जसले हड्डी बलियो बनाउन सहयोग पुर्याउँछ । ओखरको सेवन मधुमेहका विरामीहरुका लागि पनि फाइदाजनक छ । ओखरमा प्रशस्त मात्रामा फाइबर हुन्छ । जसले पाचन क्रियालाई मजबुद बनाउँछ । साथै, ओखरको नियमित सेवनले कब्जियत सम्बन्धी समस्यालाई राहत प्रदान गर्छ । ओखरको सेवनले मानसिक समस्या कम गर्नुका साथै तनावबाट मुक्ति दिन सहयोग गर्छ ।

साथै, यसको नियमित सेवनले मष्तिस्कलाई स्वस्थ बनाई राख्छ । ओखरको सेवनले पुरुषको प्रजनन स्वास्थ्य र प्रजनन क्षमतामा पनि सकारात्मक प्रभाव पार्छ । नियमित ओखर सेवन रक्तचाप, मृगौला, कोलस्टोल र मुटुसँग समबन्धी समस्याका समाधानका लागि उपयोगी हुन्छ । ओखरले मृगौलामा पत्थरी हुनबाट पनि जोगाउँछ ।

 



प्रतिक्रिया दिनुहोस्