Logo

सनस्क्रिनको प्रयोगबारे यसो भन्छन् डा. प्रकाश आचार्य (भिडिओसहित)



सनस्क्रिन भनेको यस्तो एउटा स्क्रिन प्रोडक्ट हो–जुन पटक–पटक र रेगुलर लामो समयसम्म लगाउनुपर्छ । त्यसैले सनस्क्रिन रोज्दा एकदमै महँगो हुनैपर्छ भन्ने जरुरी हुँदैन । सनस्क्रिन भनेको १,२ महिना महँगो राम्रो लगाएर त्यसपछि छोड्ने कुरा पनि होइन । त्यसैले सनस्क्रिन रोज्दा ठिक्क मुल्यको रोज्दा पनि हुन्छ । दिनमा पटक–पटक र रेगुलर लगायो भने त्यसबाट फाइदा हुन्छ । तर, यदी कसैको सेन्सेटिभ स्क्रिन छ, अथवा जुन पायो त्यही सनस्क्रिन लगाउँदा एलर्जी हुन्छ भने त्यस्तो केशमा अलि राम्रो, महँगो खालको अथवा फिजिकल सनस्क्रिनहरुको पनि प्रयोग गर्नुपर्ने हुन्छ ।

के सनस्क्रिनमा जति बढी एसपिएफ भयो त्यतिनै राम्रो हुने हो ?

हामीले सनस्क्रिन रोज्दा सकेसम्म एसपिएफ ३० भन्दा माथिको नै रोज्नुपर्दछ । यसरी एसपिअफ ३० भन्दा माथिको नै सनस्क्रिन रोज्यो भने यसले हामीलाईं सनस्क्रिनबाट जति बढाउन प्रोटेक्सन हो, त्यो दिन सक्दछ । त्यसैले एसपिएफ १०० को सनस्क्रिन दिनमा एकपटक मात्र प्रयो गर्नुभन्दा एसपिएफ ३० को सनस्क्रिन पटक–पटक २ देखि ३ घण्टामा रिपिट गरेर लगाइयो भने त्यसले बढी फाइदा दिन सक्दछ । तर, यदी घामसम्बन्धी नै समस्याहरु जस्तै चायापोतो अथवा घामकै एलर्जी छ भने डक्टरले कहिलेकाहीँ एसपिएफ ५० अथवा त्योभन्दा माथि सनस्क्रिन लगाउन पनि भन्न सक्नुहुन्छ ।

कति उमेरमा कति एसपिएफको सनस्क्रिन लगाउने ?

एसपिएफ भन्नाले सनस्क्रिनले घामबाट कति बचाउँदछ भनेर जनाउँछ । यस्तो होइन कि सनस्क्रिन कतिको कडा छ भनेर जनाउँदछ । त्यसैले उमेरले एसपिएफमा केही फरक पर्दैन र एसपिएफ ३० भन्दा माथिको सनस्क्रिन जुन उमेरकाले पनि प्रयोग गर्न मिल्छ ।

के सनस्क्रिनको प्रयोगले अनुहार अझै कालो देखाउन सक्दछ ?

हामीले सनस्क्रिन लगाउने भनेकै अनुहार राम्रो होओस् अनि उज्यालो देखियोस् भनेर हो । तर, यही सनस्क्रिनको प्रयोगले गर्दा अनुहार कालो देखियो भने हामीलई त्यस्तो सनस्क्रिन लगाउन मन नलाग्न पनि सक्छ । तर, हामीले यस्तो समस्या भनेको लगाउने बेलासम्म मात्रै हुन्छ । यस्तो समस्या प्रायः केमिकल सनस्क्रिनमा देखिने गर्दछ । केमिकल सनस्क्रिनले घामको यूभी किरणलाई तातोमा परिवर्तन गरेर हामीलाई घामबट बचाउँछ । तर, यही तातोको कारणले गर्दा अनुहार कहिलेकाहीँ कालो देखिन सक्छ । यदी यस्तो समस्या छ भने फरक खालको कम्पोजिसन भएको सनस्क्रिन प्रयोग गर्न सकिन्छ । त्यस्तै फिजिकल टिन्टेड र सकेसम्म अक्सिबेञ्जन नभएको सनस्क्रिन प्रयोग गर्न पनि सकिन्छ । तर, समस्या भयो भनेर सनस्क्रिन नै प्रयोग गरेन भने यसले हामीलाई घामबाट हुने अरु हानीबाट बचाउन सक्दैन् । जस्तै चाउरीपन, चायापोतोको समस्या, कोठी आउने समस्या छालाका क्यान्सरहरुबाट सनस्क्रिनले बचाउन सक्दैन । त्यसैले सनस्क्रिन प्रयोग नगर्नुभन्दा यसको सामाधान कसरी गर्न सकिन्छ भनेर खोज्नु पर्दछ ।

हामीले कतिपय सनस्क्रिनहरु प्रयोग गर्दा सेतो व्हाइटकास्ट निस्किने समस्या आउँदछ । त्यस्तो व्हइटकास्ट किन आउँदछ ? के हवाइटकास्ट आयो भन्दैमा सन स्क्रिन नराम्रो हो ?

हामीले प्रायः प्रयोग गर्ने फिजिकल सनस्क्रिन र केही केमिकल अथवा मिक्स खालको सनस्क्रिनहरुमा टाइटनियम डाइअक्साइड र जिन्क अक्साइड हुने गर्दछ, जसले गर्दा ह्वाइटकास्टको समस्या देखिन सक्दछ । तर, व्हाइटकास्ट आयो भन्दैमा त्यस्तो सनस्क्रिनलाई नराम्रो भन्न मिल्दैन । तर, यदी व्हइटकास्ट आयो भन्दैमा त्यस्तो सनस्क्रिनलाई नराम्रो भन्न मिल्दैन । व्हइटकास्ट आएकै कारणले आफूलाई सनस्क्रिन प्र्योग गर्न समस्या आइरहेको छ भने हामीले समाधानका लागि केही उपायहरु अपनाउन सक्दछौं ।

१. हामीले सनस्क्रिन प्रयोग गर्दा रग गर्नुभन्दा डयाबगरेर लगाउदा समस्या कम हुन सक्दछ ।
२. टिन्टेड अथवा खैरो खालको सनस्क्रिन लगायो भने व्हइटकास्टको समस्या कम हुन्छ ।
३. जेलको प्रयोग ग¥यो भने पनि व्हइटकास्टको समस्या कम देखिनसक्छ ।
४.हामीले सनस्क्रिन लगाउनुभन्दा अगाडि प्रयोग गर्ने मोस्टराइजर अथवा सेरमहरुसँग पनि सनस्क्रिन नरम नभएर पनि यस्तो समस्या आएको हुनसक्दछ ।

के सनस्क्रिनले डण्डिफोर बढाउन सक्दछ ? डण्डिफोर आएको अनुहारमा पनि सनस्क्रिनको प्रयोग गर्न जरुरी हुन्छ ?

डण्डिफोर सञ्चो भइसकेपछि प्रायः हाम्रोजस्तो एसियन स्क्रिनमा एउटा कालो अथवा खैरो खालको दाग बस्दछ । यस्तो खालको दागलाई पिआईयाच भनिन्छ । यस्तो दाग बस्नमा घामको किरणको पनि महत्वपूर्ण कारण बनेको हुन्छ । हामीले डण्डिफोरको उपचारका लागि प्रयोग गरिने कतिपय औषधीहरुले हाम्रो छालाको घाममा सेनसेटिभिटि पनि बढाइदिन सक्छ । त्यसले गर्दा सनस्क्रिन प्रयोग गर्न जरुरी हुन्छ । कतिपयमा सनस्क्रिनको प्रयोग गर्न थालेपछि डण्डिफोर बढन पनि सक्छ । प्रायः क्रिम वा लोसन जस्ता सनस्क्रिनहरु जुन अलि बाक्लो हुन्छन्, यस्ता सनस्क्रिनहरुले कहिलेकाहीँ पोड्सहरु ब्लक गरेर डण्डिफोर बढाउन सक्दछ । त्यसैले हामीले सनस्क्रिन प्रयोग गर्दा सकेसम्म यदि ड्राइ–स्क्रिन छैन भने जेल बेस्टको अथवा वाटरबेस्ट सनस्क्रिन प्रयोग गर्दा राम्रो हुन्छ । सनस्क्रिन प्रयोग गर्दा हामीले नन कमेडोजेनिक भनेर लेखिएको सनस्क्रिन प्रयोग गर्यौं भने डण्डिफोर आउने छालाको लागि राम्रो हुन्छ । े गर्भाअवस्थामा सनस्क्रिनको प्रयोग गर्नु पर्दछ ?

के गर्भअवस्थामा पनि सनस्क्रिनको प्रयोग गर्न जरुरी हुन्छ । कतिपयमा गर्भअवस्थाकै बेलामा चायापोतो जस्ता समस्याहरु पनि सुरु हुन्छन । गर्भअवस्थामा केमिकल सनस्क्रिनको सट्टामा फिजिकल सनस्क्रिनको प्रयोग गर्नु राम्रो हुन्छ । फिजिकल सनस्क्रिनमा हुने जिङक अक्साइड र टाटनियम डाइअक्साइड जस्ता पदार्थहरु प्रतिकुल भएर ब्लडसम्म पुग्दैनन् । जसले गर्दा यसले बच्चालाई असर गर्ने सम्भाबना रहँदैन । त्यसैले फिजिकल सनस्क्रिन प्रयोग गरेको राम्रो हुन्छ । अहिले तत्काल बजारमा आएका न्यानो पर्टीकल्स भएका फिजिकल सनस्क्रिन भने प्रयोग नगरेको नै राम्रो हुन्छ ।

(नोट : यो सामाग्री छाला तथा कपाल रोगविशेषज्ञ डा. प्रकाश आचार्यको युट्युव च्यानलमार्फत तयार पारिएको हो ।)



प्रतिक्रिया दिनुहोस्