Logo

आचार्य र धमलालाई युगकवि सिद्धिचरण पुरस्कार प्रदान



काठमाडौं,२२ जेठ । युगकवि सिद्धिचरण श्रेष्ठको साहित्य सिर्जनालाई अनुसरण गरी नेपाली साहित्यको विकासका लागि उल्लेख्य योगदान गरेबापत युगकवि सिद्धिचरण प्रतिष्ठानले ‘युगकवि सिद्धिचरण पुरस्कार २०८०’ प्रा डा जयराज आचार्यलाई प्रदान गरिएको छ ।
युगकवि सिद्धिचरण प्रतिष्ठानले युगकवि सिद्धिचरण श्रेष्ठको ११२औँ जन्मजयन्तीका अवसरमा आज शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले भाषा, साहित्य र कूटनीतिको क्षेत्रमा योगदान पुर्याएवापत डा आचार्यलाई सो पुरस्कार प्रदान गरेका हुन् । सो पुरस्कारको राशि रु एक लाख नगदसहित सम्मानपत्र रहेको छ ।

यसैगरी ‘युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कार, २०८०’ लामो समयदेखि पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका चेतनाथ धमलालाई प्रदान गरिएको छ । युगकवि श्रेष्ठ निरङ्कुश राणा शासनविरुद्ध क्रान्तिकारी साहित्य सिर्जना गर्ने जेलनेलसमेत भोगेका एक निर्भिक सर्जकका रूपमा प्रसिद्ध छन् ।
सो पुरस्कारको राशि २५ हजार नगदसहित सम्मानपत्र रहेको छ ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष वैरागी काइला, संरक्षक रविचरण श्रेष्ठ, पुरस्कृत व्यक्तित्व आचार्य, प्राडा मोहन लोहनीले युगकवि सिद्धिचरणको साहित्य साधना, बहुआयामिक व्यक्तित्व र कृतित्वबारे प्रकाश पारेका थिए ।



प्रतिक्रिया दिनुहोस्