Logo

इप्पानको अध्यक्षमा उम्मेदवारी दिने गणेश कार्कीको घोषणा



काठमाडौं, २२ जेठ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) का उपाध्यक्ष गणेश कार्कीले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।आज (सोमबार) होटल रोयल सिंगीमा आयोजित कार्यक्रमकाबीच उपाध्यक्ष कार्कीले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

कार्कीले उम्मेदवारीका लागि प्यान नै बनाइसकेका छन् । कार्कीको प्यानबाट अहिले उपाध्यक्ष रहेका मोहन डाँगी वरिष्ठ उपाध्यक्षमा उठ्ने भएका छन् । त्यसैगरी महासचिवमा बलराम खतिवडाको टुंगो लागेको बताइएको छ भने बाँकी टिमले केही दिनमा पूर्णता पाउने छ । आगामी साउन ३२ गते इप्पानको साधरण सभाले तीन वर्षका लागि नयाँ नेतृेत्व चयन गर्दै छ ।

अध्यक्ष पदका  प्रत्यासी कार्की सिंगटी हाइड्रोपावर, बेनी हाइड्रोपावर, अपर खुदी हाइड्रोपावरमा प्रबन्ध निर्देशकका रुपमा कार्यरत छन्। उनी पिपुल्स हाइड्रोपावरका निर्देशकसमेत हुन् ।



प्रतिक्रिया दिनुहोस्