Logo

बजेट निर्माणका क्रममा कुनै कमिकमजोरी नभएको अर्थमन्त्री महतको स्पष्टोक्ति



काठमाडौं, २२ जेठ । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट निर्माणको बेलामा अनाधिकृत व्यक्तिले प्रवेश पाएको कुरामा सत्यता नरहेको बताएका छन् । आज (सोमबार) काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले बजेट निर्माणका बेलामा कहीँकतै कमजोरी नभएको बताएका हुन् ।

‘अर्थमन्त्रालयमा बजेट निर्माणको बेलामा कोही पस्यो भन्ने कुरा आएको छ । म चुनौति दिएर भन्छु, यो गलत हो । केही फाइदा उठाउन चाहनेहरु रिसाएर त्यसो भनेको हुनसक्छ । यति गर्दा पनि हिलो छ्याप्ने काम हुन्छ भने नेपालामा इमानदार भएर काम हुँदैन भन्ने बुझिन्छ,’– अर्थमन्त्री महतले भने । File Photo/Reporters Nepal 



प्रतिक्रिया दिनुहोस्