Logo

छात्रवृत्तिको विवरण सार्वजनिक नगर्ने यी ३४२ विद्यालयको अनुमति रद्द गर्दै महानगर



काठमाडौं, जेठ २३ । काठमाडौं महानगरपालिकाले नियम अनुसार छात्रवृत्ति उपलब्ध गराउन आनाकानी गर्ने ३४२ विद्यालयको सूची सार्वजनिक गरेको छ।

कमनपाले गत जेठ १० गते १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न र त्यसको विवरण वेबसाइटमा प्रकाशित गर्न भनेको थियो। ती विद्यालयलाई जेठ २८ गतेभित्र छात्रवृत्ति उपलब्ध गराएको विवरण पठाउन र प्रकाशित गर्न अन्तिम समयसीमा महानगरले दिएको छ।

महानगरपालिकाले छात्रवृत्तिको विवरण सार्वजनिक नगर्ने विद्यालयहरुको सूची सार्वजनिक गर्दै अनुमति रद्द गर्ने चेतावनी दिएको छ ।

मंगलबार एक सूचना प्रकाशन गर्दै महानगरले छात्रवृत्तिको विवरण उपलब्ध नगराउने विद्यालयमाथि कानूनी कारबाहीकाे प्रक्रिया अघि बढाउने बताएको हो ।



प्रतिक्रिया दिनुहोस्