Logo

धनगढी जाँदै गरेको श्री एयरलाइन्सको ढोका आकाशमै खुलेपछि…



काठमाडौं, जेठ २३ । काठमाडौंबाट धनगढी जाँदै गरेको विमानको आकाशमै ढोका खुलेको छ। आज बिहान काठमाडौंबाट धनगढी जाँदै गरेको श्री एयरलाईन्सको विमानको आकाशमै एक्कासी ढोका खुलेको हो।

ढाका खुल्दा ३० मिनेट आकाशमा उडाएर विमान पुनः काठमाडौं फर्काएर अवतरण गरिएको छ। विमानमा रहेका यात्रु सकुसल रहेको जनाइएको छ। विमानको प्राविधिक समस्याका कारण एक्कासी ढोका खुलेको बताइएको छ। यात्रुलाई अर्काे उडानबाट घनगढी पठाउने तयारी भईरहेको विमानस्थल कार्यालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्