Logo

प्रधानमन्त्रीद्धारा डा. सञ्जुप्रति श्रद्धाञ्जली अर्पण



काठमाडौं, जेठ २३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार दुर्घटनामा ज्यान गुमाएका उपप्रधानमन्त्री पूर्णबहादुर खड्काका भाइबुहारी डा. सञ्जु खाती खड्काप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

खप्तड आध्यात्मिक सम्मेलन उद्घाटनका लागि सुर्खेत पुगेका प्रधानमन्त्री प्रचण्डले मंगलबार बिहान सुर्खेत पुगेर खड्काप्रति श्रद्धाञ्जली र उनका परिवारप्रति समवेदना प्रकट गरेका हुन् ।

प्रचण्डका साथमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद र पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनाल कांग्रेस, नेता रमेश लेखक लगायत सहभागी रहेका थिए ।



प्रतिक्रिया दिनुहोस्