Logo

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर



काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १३१ रूपैयाँ ९८ पैसा र बिक्री दर १३२ रूपैयाँ ५८ पैसा रहेको छ । युरो एकको खरिद दर १४१ रूपैयाँ ०९ पैसा र बिक्री दर १४१ रूपैयाँ ७३ पैसा रहेको छ ।

त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६३ रूपैयाँ ५१ पैसा र बिक्री दर १६४ रूपैयाँ २५ पैसामा कारोबार भइरहेको छ । अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८६ रुपैयाँ ९४ पैसा र बिक्रीमूल्य ८७ रुपैयाँ ३४ पैसामा तथा क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ १५ पैसा र बिक्रीदर ९८ रुपैयाँ ५९ पैसा कायम भएको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २० पैसा र बिक्री दर ३६ रूपैयाँ ३६ पैसा र साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ १९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ३५ पैसा तोकिएको छ ।



प्रतिक्रिया दिनुहोस्