Logo

ए डिभिजन लिगमा आज चार खेल हुँदै



काठमाडौं, जेठ २३ । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज चार खेल हुँदैछ । रंगशालामा दुई खेल र च्यासल मैदान र एन्फा कम्प्लेक्समा एक एक खेल हुने एन्फाले जनाएको छ ।

च्यासल मैदानमा हुने पहिलो खेलमा खुमलटार र बिभागिय टोली एपीएफ फुटबल क्लबबिच प्रतिस्पर्धा हुनेछ । जुन खेल ३ बजेबाट सुरु हुनेछ ।

उता, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबिचको खेल पनि ३ बजेबाट नै सुरु हुनेछ । जुन खेल एन्फा कम्प्लेक्स, सातदोबाटोमा हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा चर्च ब्वाईज र थ्रि–स्टार क्लबबिच प्रतिस्पर्धा हुनेछ । जुन खेल ३ बजेबाट सुरु हुनेछ ।

रंगशालामा हुने दोस्रो खेल भने साँझ ६ बजेबाट सुरु हुनेछ । जुन खेलमा सातदोबाटो र जावालाखेल युथ क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ ।



प्रतिक्रिया दिनुहोस्