Logo

माइग्रेन कस्तो रोग हो ? यी हुन लक्षणहरू



सविता सिंह ठकुरी –

काठमाडौं । माइग्रेन टाउको दुख्नेमात्र होइन, यो एक न्युरोलोजिकल रोग हो । जसले विश्वभर एक अरब भन्दा बढी मानिसहरुलाई असर गरेको छ । हाम्रो संसारलाई बुझ्नको लागी तपाईंको स्नायुहरुले मेरुदण्ड र मष्तिस्कमा विद्युतीय संकेतहरु पठाउँछन् । माइग्रेन एउटा यस्तो रोग हो, जसमा यस सञ्चार प्रणालीको एक वा बढी भागले राम्रोसँग काम गर्दैन । डीएनएका धेरै खण्डहरु जसलाई जीन, प्रोग्राम आयम च्यानलहरु न्युरोट्रान्समिटरहरु र अन्य संरचनाहरु भनिन्छ । जसले ती तंत्रिका मार्गहरुलाई समर्थन गर्दछ । माइग्रेन भएका केहीमा उत्परिवर्तन भनिने जीनमा वंशाणुगत परिवर्तनहरुले संचार प्रणालीलाई अतिसंवेदनशील बन्न सक्छ ।

धेरैजसो उत्परिवर्तनहरुले प्रत्यक्ष रुपमा माइग्रेन निम्त्याउँदैनन तर, माइग्रेन रोगको यति धेरै रुप र लक्षणहरु किन छन् भनेर व्याख्या गर्न सक्छ । यी उत्परिवर्तित जीनहरुले शरीरका अन्य अंगहरुको कार्यलाई असर गर्छ । फलस्वरुप माइग्रेन भएका मानिसहरुलाई चिन्ता, डिप्रेसन, एपीलेप्सी, हाइथोपाइराइडिज्म, एरिटेबल बोवेल सिन्डरोम, पेल्भिक फ्लोर दुखाई, फाइब्रोमायलिजा स्जोगेरेन्स डिजिज र अन्य हुन सक्छन् । प्रत्येक आक्रमणमा सामान्यतया तीन वा चार चरणहरु हुन्छन् । माइग्रेन आक्रमणको विशिष्ट चरणहरु प्रोड्रोम हुन् । टाउको दुख्नु, आभा र पोस्टड्रोम हुनुभन्दा केही घण्टाअघि हुन्छ ।

माइग्रेनका लक्षणहरु :

१. बढी निद्रा लाग्ने,
२. थकान वा मनस्थिती जस्ता शुक्ष्म लक्षणहरु समावेश हुनु ।
३. टाउकोको एक छेउ मात्र दुख्नु र छिटो सन्चो नहुनु ।
४. प्रकाश र आवाज संवेदनशीलता
५. वाकवाकी लाग्ने
६. अल्छीपन बढ्नु वा कमजोर हुनु ।
७. दीमागी हालत ठिक नहुनु आदी ।

FILE PHOTO/RN



प्रतिक्रिया दिनुहोस्