Logo

दलहरुबीच मिलेन कुरा,संसद् बैठक साढे १ बजेसम्म सर्‍यो



काठमाडौं,२३ जेठ । प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो साढे १ बजेका लागि सरेको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताको विषयलाई लिएर दलहरुबीच विवाद भएपछि समयमा बस्न सुरु हुन सकेको छैन ।

प्रतिनिधिसभा बैठकअघि सभामुखको कार्यकक्षमा दलका प्रमुख सचेतक तथा सचेतकहरुको बैठकमा नेकपा एमाले,रास्वपा र राप्रपाले संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन् ।

दलहरुबीच कुरा मिलाउने प्रयास गरिरहेका सभामुख देवराज घिमिरेले बैठक साढे एक बजेसम्मलाई सारेका हुन् ।



प्रतिक्रिया दिनुहोस्