Logo

प्रतिनिधि सभाको बैठक जारी {LIVE}



काठमाडौं, २३ जेठ । प्रतिनिधि सभाको बैठक जारी भएको छ । बैठकमा आज पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) तथा अन्य दलहरु रास्वपा र राप्रपाले अवरोध जारी राखेका छन् । अर्थमन्त्री डा.प्रकाशशरण महतले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल चलिरहँदा विपक्षीले अवरोध गरेका हुन् ।

विपाक्षी दलले बजेट सार्वजनिक हुने अघिल्लो दिन अर्थमन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश गराइ निश्चित घरानालाई फाइदा पुग्नेगरि करका दर हेरफेर गरेको समचार सार्वजनिक भएको भन्दै संसदीय छानविन समिति बनाउन माग गर्दै बैठक अवरोध गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्