संसद्मा ओलीको टिप्पणी : अर्थमन्त्रीले जसरी सफाइ दिन खोज्नुभएको छ, त्यसमा बेनिफिट अफ डाउट दिऊँ (भिडिओसहित)


काठमाडौं, २३ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले करको दर हेरफेरमा अनाधिकृत व्यक्तिको संलग्नता नभएको स्पष्टीकरण दिएका अर्थमन्त्रीलाई शंकाको सुविधा (बेनिफिट अफ डाउट) दिने बताएका छन् । बजेटमाथि संसदमा भएको छलफलमा भाग लिँदै ओलीले अर्थमन्त्रीलाई शंकाको सुविधा दिने बताएका हुन् ।

उनले भने,‘अर्थमन्त्रीज्यूको कसम खाने बानी रहनेछ, राम्रो लाग्यो’, उनले भने, ‘उहाँले जसरी सफाइ दिन खोज्नुभएको छ, त्यसमा बेनिफिट अफ डाउट दिऊँ । उहाँले भनेको कुरा नै साँचो होस्, अखबरमा आएका साँचा नहुन् ।’ तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम