Logo

निमको प्रयोगले फाईदैफाईदा, मलेरिया निको पार्नेदेखि अनुहार चम्किलो बनाउनेसम्म



सविता सिंह ठकुरी :

निम एउटा यस्तो औषधी हो, जसले धेरै रोगहरु र समस्या समाधान गर्ने गर्दछ । निम एन्टीवाइरल, एन्टीफंगल, एन्टीब्याक्टेरीयल हो यसले शारीरिक फाइदा मात्र नभएर अन्य फाइदापनि गर्दछ । निम धेरै तितो हुने भएकोले मानिसहरु यसको प्रयोग गर्न मन पराउँदैनन् । निम तितो भएतापनि यसले धेरै कुराहरुमा फाइदा गर्दछ र हाम्रो शरीरलाई स्वस्थ राख्दछ ।

निमको पात, फल तथा डाँठको प्रयोगले हुने फाइदा
१. बिहानै उठेर खालिपेट निमको ४ देखी ५ वटा जति पात खानाले सुगर बिरामीलाई ठिक गर्दछ ।
२. निमले मलेरियाजस्तो रोग निको पार्छ ।
३. घरमै निमको फेसप्याक बनाएर लगाउँदा अनुहार चम्किलो र स्वस्थ हुन्छ ।
४. निमको डाँठले दाँत सफा गर्नाले दाँत मजबुत, चम्किलो हुने, दाँतमा किरा लाग्ने समस्या कम हुने र श्वास गन्हाउने जस्ता समस्या समाधान हुन्छन् ।
५. निमको पात वा फलले पेटमा लागेको किराहरुलाई नष्ट गर्ने र पेटलाई सफा राख्न मद्दत गर्छ ।
६. भोक कम लाग्ने जस्तो समस्या समाधान हुन्छ ।
७. निमको पात झ्याल ढोकामा राख्नाले लामखुट्टेलाई भगाउन मद्दत गर्दछ ।
८. शरीरमा चोटपटक लागेको ठाउँमा निमको पेस्ट प्रयोग गर्नाले घाउ संक्रमित हुन पाउँदैन ।
९. निमको तेलले टाउकामा मसाज गर्नाले कपाल झर्ने, चायापर्ने जस्तो समस्या कम गर्दछ ।

यो सामाग्री हामीले हिमांशी वल्र्ड (hemanshi’s world) युट्युब च्यानलमार्फत तयार पारेका हौं । 



प्रतिक्रिया दिनुहोस्