Logo

एक खेल अगावै ए डिभिजन लिगको उपाधि नवप्रवेशी चर्च ब्वाइजलाई



काठमाडौं,२३ जेठ । यस वर्षको शहीद स्मारक ए डिभिजन लिगको उपाधि नवप्रवेशी क्लब चर्च ब्वाइज युनाइटेडले हात पारेको छ ।

आज भएको खेलमा थ्रीस्टारसँग बराबरी खेल्दै लिगमा एक खेल अगावै उपाधि आफ्नो पोल्टामा पारेको हो ।

लिगमा २५ खेल खेलेको चर्च ब्वाइज ४५ अंकका साथमा शीर्ष स्थानमा रहेको छ । र अब उस्ले लिग चरणमा एक खेल्न बाँकी रहेको छ । दोस्रो स्थानमा रहेको मच्छिन्द्र क्लवको ३९ अंक रहेको छ । उसले दुई खेल्न बाँकी रहेको छ ।

अब मच्छिन्द्रले लिगको दुबै खेल जितेमा तथा चर्च ब्वाइजले बाँकी खेल हारेमा पनि हेड टु हेडका आधारमा चर्च ब्वाइज च्याम्पीयन बन्नेछ । photo by : Anfa 



प्रतिक्रिया दिनुहोस्